तुर्सा हेमरम स्मृति प्रतिष्ठानको सभाहलमा विविध कार्यक्रम

0
SHARES
9
VIEWS

लोकतान्त्रिक आन्दोलनका योद्धा, आदिवासी नेता तुर्सा हेमरमको २६ औं स्मृति दिवस आज (बुधबार) कनकाई नगरपालिका स्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको सभाहलमा विविध कार्यक्रम गरेर मनाइएको छ ।
तुर्सा हेमरम स्मृति प्रतिष्ठान कनकाईले स्वर्गीय कांग्रेस नेता हेमरमले नेपाली राजनीति र समाजको लागि गरेको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष लखन हेमरमको अध्यक्षता र नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट सन्थाल समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङ, नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा, संविधानसभा सदस्य सुधीर कुमार शिवाकोटी, विश्वद्वीप लिङदेन, पूर्व सांसद डिल्ली सिटौला, कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, नेपाली कांग्रेस केन्द्रिय सदस्य सुशीला ढकाल, प्रदेशसभा सदस्य लखी गणेश, नेपाली कांग्रेस झापा सभापति देउकुमार थेवेलगायतले स्व. नेता तुर्सा हेमरमको राजनीति योगदानको चर्चा गरेका थिए ।

प्रमुख अतिथि गुरुङले वर्तमान नेताहरूको बारेमा चोटिलो धारणा राखेका थिए । उनले भने ‘नेताहरूले समस्याको समाधान दिनु पर्नेमा चर्को आवाजमा समस्या मात्र देखाउने गरेका छन् । समस्या देखाउने नेता होइनन्, समस्या समाधान गर्ने मात्र नेता हो, मुलुक बन्न नसक्नु मूल कारण भनेको भ्रष्ट प्रवित्ति नै हो । जबसम्म भ्रष्टाचारीलाई टुप्पीमा समाएर सात फन्को घुमाईदैन तबसम्म देशमा विकासको लहर नआउने, अपवाद बाहेक सबै नेता भ्रष्ट बनेको’ आरोप लगाएका छन् ।

हरेक वर्ष पुष २० गते आयोजना हुने स्मृति सभामा सन्थाली सांस्कृतिक नृत्य, धनुषवाण लगायतका खेल प्रतियोगिता आयोजना हुँदै आएकोमा यस वर्ष पनि नृत्य र धनुषवाण प्रतियोगिता आयोजना गरिएको छ ।
कार्यक्रममा स्वागत टीका मैनालीले गरेकी थिइन भने सञ्चालन प्रतिष्ठानका सचिव कुमारमणि पोखरेलले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार