कालोपत्रे सडक मै उम्रीयो झार, मेचिनगरका वडा अध्यक्ष बराल आक्रोशित

0
SHARES
7
VIEWS

मेचीनगर वडा नं. २ को वडा कार्यालय जोड्ने पहुँच मार्गको गुणस्तर खराब भएपछि वडा कार्यालयले नगर प्रमुखको ध्यानाकर्षण गराएको छ ।

नगरको बजेटबाट नगरकै इन्जिनियरको निगरानीमा सो सडक कालोपत्रे गरिएको हुँदा त्यस्तो गुणस्तरहीन सडकको तत्काल अनुगमन गरी आवश्यक कार्वाही अघि बढाउन वडाका अध्यक्ष दिपक बरालले माग गर्नुभएको हो ।

वडाध्यक्ष बरालले सो सडक बनाएको केही समयमै झार उम्रिएको र गुणस्तर खराब भएको सर्वसाधारण सबैले देख्न सकिने भन्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीलाई मंगलवार औपचारिक पत्राचार नै गर्नुभएको छ ।

नगरपालिका आफैले आफ्ना इन्जिनियर लगाएर बनाएको सडकको गुणस्तरमाथि प्रश्न उठ्ने स्थिति आउँदा त्यसको दोष वडा कार्यालय र वडाका जनप्रतिनिधिहरुलाई नलगाइदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।

नगरपालिकाले तत्काल अनुगमन गरी सुधारका लागि पहल नगरे वडाको तर्फबाट आवश्यक कार्वाही अघि बढाइने वडाध्यक्ष बरालले पत्रमा उल्लेख गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार