नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने १६ खेलाडीलाई सम्मान

0
SHARES
11
VIEWS

झापाका खेलाडीलाई जिल्ला खेलकुद विकास समितिले नगदसहित सम्मान गरेको छ ।नवौँ राष्ट्रिय खेलकुदमा पदक पाउने खेलाडीहरुलाइ समितीले सम्मान गरेको हो ।

आज विहीवार मेची रंगशालामा भएको एक कार्यक्रमका बीच पदक पाउने १६ जना खेलाडीलाई सम्मान गरिएको हो ।

प्रतियोगितामा झापाले २ स्वर्ण, ९ रजत र ६ कास्य पदक जितेको थियो । पुरस्कृत हुनेहरुमा बक्सिङकी स्वर्णधारी त्रिसा जवेगू र आइटिएफ तक्वान्दोका रोशन मगर छन् ।

त्यस्तै, रजत पदक विजेताहरु बक्सिङका सुस्मिता राई र अविनय राई, आर्चरीका योगिता काम्बाङ र स्मृति उप्रेती, बुद्धिचालकी कृतिसरा अधिकारी, पौडीका प्रारम्भ भण्डारी, सेपाताक्रोका सुशील विश्वकर्मा छन् ।

त्यस्तै, कास्य पदक विजेताहरु बुद्धिचालकी खुश्बु थापा र राजन सुवेदी, जुडोका निश्चल राई, मंगलु मेचे र प्रेम गुरुङ, कुस्तीका विशाल बुढाथोकी र रेनुका राजवंशी छन् ।

कार्यक्रमकै अवसरमा पूर्वअध्यक्ष शंकर थापाले व्याक्तिगत रुपमा पदकधारी खेलाडीलाई प्रोत्साहनस्वरुप नगद प्रदान गर्नूभएको थियो ।

समितिका अध्यक्ष प्रशान्त भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंशराज वाग्ले, नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका अध्यक्ष टिकाराज ढकाल, भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल लगायतले खेलाडीलाई सम्मानपत्र प्रदान गर्नूभएकोछ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद विकास बोर्ड १ नम्बर प्रदेशका सदस्य सचिव हंशराज वाग्लेले आउने बैशाख सम्ममा प्रदेश १ भरि खेलका कार्यक्रमका लागि वजेट व्यावस्थापन गर्न लागिएको र खेलाडी सम्मान तथा खेलका लागि बजेट पठाए सकिएको जानकारी गराउनुभएको छ ।प्रमुख अथिती बाग्ले ले भन्नुभयो .

कार्यक्रमको अवसर पारेर समितिका पूर्वअध्यक्ष शंकर थापा, बक्सिङ प्रशिक्षक डम्बर लिम्बू, आइटिएफ तेक्वान्दो प्रशिक्षक नविन तामाङ, पूर्व कार्यालय प्रमुख टहलदास मैनाली र पूर्वलेखापाल देवी कार्की न्यौपालेलाई पनि सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार