नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीलाई पितृशोक

0
SHARES
7
VIEWS

नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य भीमा शिवाकोटीलाई पितृशोक परेको छ । नेपाल पत्रकार महासंघ झापाका निवर्तमान उपाध्यक्ष, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् नारी सञ्चार गृह झापाका अध्यक्ष शिवाकोटीका पिताको ८९ वर्षको उमेरमा निधन भएको हो ।

पत्रकार भीमाका बुवा गंगाप्रसाद शिवाकोटीको आज बिहान साढे ४ बजे कनकाई वडा नं. ५ लालपानीस्थित निजी निवासमा निधन भएको हो ।

स्व. शिवाकोटीका पत्नी पम्फादेवी शिवाकोटी, दुई छोरीहरु भीमा र गोमा तथा चार छोरा ज्ञानेन्द्र, इन्द्र, बासुदेव र नवराज शिवाकोटी छन् । स्व. शिवाकोटी नेकपा एमाले प्रदेश १ कमिटीका सदस्य तथा बिर्तामोडस्थित मनमोहन अस्पतालका मुख्य निर्देशक रोमनी भट्टराईका ससुरा बुवा पनि हुन् ।

आजै दिउँसो १ बजे कनकाई नदीमा शिवाकोटीको पार्थिव शरीरको उहाँले ग्रहण गर्नुभएको आस्थाअनुरुप वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार