आर्थिक अभावका कारण रमा भट्टराईको उपचारमा समस्या

0
SHARES
374
VIEWS

बिर्तामोड÷
आर्थिक अभावका कारण ताप्लेजुङ सिरिजङ्गा गाउंपालिका बर्ष ४२ की रमा भट्टराई (रामप्यारी ) लाई उपचारमा समस्या भएको छ ।
ताप्लेजुङ घर भई हाल बिर्तामोड ५ मा बस्दै आएकी भट्टराईलाई उपचारमा समस्या भएको हो ।

उनको दुई दिन देखि बिर्तामोड स्थित पूर्ण टुङ्ग बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको छ ।

९ बर्ष अघि नै घर छोडेर हिंडेका उनका श्रीमानको अहिले सम्म अत्तो पत्तो छैन । ३ वटा छोरी र १ जना छोराकी आमा भट्टराई अहिले उपचारकालागि सबै संग हार गुहार मागिरहेकी छिन् ।
उनी ज्यालादारीमा अलैंची कटिङ गरेर आफ्नो छोराछोरीको पठाई खर्च संगै घर चलाउंदै आएकी थिइन् । तर उनी अहिले थलिएसंगै बाल बच्चाको पनि पठाई संगै घर खर्चमा समस्या भएको उनी बताउंछिन् । उनी करीब ४ –५ बर्षदेखि बिरामी छिन् ।
उनी बिर्तामोड ५ स्थित व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईको घरमा बस्दै आएकी छन् । उनको दयनिय अवस्था देखेर निर्मलले निशुल्क रुपमा करीब ६ बर्षदेखि एउटा कोठा उपलब्ध गराउंदै आएका छन् ।
काम गर्न नसक्ने अवस्थामा रहेकी उनी अहिले थलिएसंगै आफुलाई बचाइदिन उनले अस्पतालको शैयाबाट सबैलाई आग्रह र अनुरोध गरेकी छन् ।

व्यवसायी तथा समाजसेवी निर्मलका अनुसार सबै साथीभाई सहित आफन्तहरुले सहयोग जुटाएर अहिले सम्म उनको उपचारमा झण्डै १५ लाख रकम खर्च भइसकेको छ ।
चिकित्सकको भनाईलाई उद्धत गर्दै भट्टराईको आफन्त शान्ता विष्टका अनुसार केहि बर्ष अघि उनको टाउकोमा ब्लड जमेको थियो । त्यसको उपचारकालागि उनलाई बिराटनगर लगिएको थियो ।
उनको त्यो समस्या निर्मुल भए पनि अहिले उनलाई फोक्सोमा समस्या तथा मुटुमा प्वाल रहेको र दांया पट्टिको ब्रेनको एउटा नसा सुकेको र कोलस्टोर पनि ४५० भन्दा माथि पुगेको चिकित्सकले बताएका छन् ।
बिष्टका अनुसार चिकित्सकले उनको उपचारकालागि अहिले मोटो रकम लाग्ने बताएका छन् ।
उनलाई क्यानसर नभए पनि फोक्सोमा गांठाहरु रहेको चिकित्सकले बताएका छन् । भने केहि रिपोटहरु उनको आउन बांकी रहेको बताइएको छ । पैसाको जोहो गर्न सके उनी चांडै सामान्य अवस्थामा फर्कन सक्ने चिकित्सकले बताएका छन् ।

अहिले सम्पत्तिका नाममा उनको केहि पनि छैन ।
रामप्यारीको उपचारका लागि सहयोग गरिदिन उनका आफन्तले आग्रह गरेका छन् ।
सहयोगका लागि बिरामी भट्टराईको छोरी मनुका भट्टराईको नाममा एनआइसी एसीया बैंक बिर्तामोड शाखामा रहेको खाता नम्बर ००९५७५११८९१६०००१ मा रकम जम्मा गर्न सकिने परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार