बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण

0
SHARES
4
VIEWS

बिर्तामोड, पुस २३। पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा शुरु भएको प्रशिक्षणमा ४० जना सञ्चारकर्मीको सहभागिता रहेको हो ।
मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष अग्रज पत्रकार भीम नेम्वाङले गर्नूभएको थियो ।
प्रमुख अतिथि नेम्वाङले पत्रकारितामा संलग्नहरुले अध्ययन, खोज अनुसन्धानमा विशेष अभिरुची राख्नुपर्ने र प्रविधिमा अब्बल हुनुपर्नेमा जोड दिनुभएको छ ।
पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रशिक्षणका विषयमा प्रष्ट्याउँदै सक्रिय पत्रकारलाई आगामी दिनमा एडभान्स प्रशिक्षण र लेखनवृत्ति समेत प्रदान गरिने बताउनुभएको छ । प्रशिक्षणको सहजीकरण पत्रकारहरु उमाकान्त खनाल, केशव भट्टराई, डिकेश लामा र मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले गरिरहेका छन् ।
प्रशिक्षण उद्घाटन समारोहमा पत्रकार महासंघ प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, महासंघका राष्ट्रिय परिषद् सदस्य दिपीन राई लगायतको आतिथ्य रहेको थियो ।
पत्रकारिताको आधारभूत तहको अन्तरक्रियात्मक प्रशिक्षणमा पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा पत्रकारिता सम्बन्धी प्रशिक्षणको अवसर नपाएका महिला, दलित, जनजाति, आदिवासी, मधेशी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, पीछडावर्ग समुदायबाट सहभागिता रहेको छ ।
प्रशिक्षणमा पत्रकारिताका विविध विषयसँगै आचारसंहिताको बारेमा समेत छलफल हुने बताइएको छ । कार्यक्रम उद्घाटन समारोहको सञ्चालन महासंघका सहसचिव अर्जुन राजवंशीले गर्नूभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार