गुरागांइ ले सम्झौता तोडेको अध्यक्ष का प्रत्यासी को आरोप

0
SHARES
845
VIEWS

अध्यक्षको उम्मेद्वार बन्न गोपाल गुरागाँईले आफ्नै लिखित र मौखिक प्रतिबद्धताको उडाए खिल्लि
दमक/दमक उद्योग बाणिज्य संघको माघको पहिलो साता हुने निर्वाचनका लागि उम्मेद्वार छान्ने क्रममा आफै सहभागि भएर गरेको निर्णय र लिखित प्रतिबद्धता विपरित देबीप्रसाद गुरागाई (गोपाल)ले नेपाली काँग्रेसमा प्रवेस गरेर उम्मेद्वार बनेको खुलेको छ ।

नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघ नगर कमिटी अध्यक्ष बिमल खतिवडा र उपाध्यक्ष रहेका गोपाल गुरागाई दुबैजना अध्यक्षको आंकाक्षी रहेका थिए । महासंघका एक पदाधिकारीका अनुसार गुरागाँई विहिबार विहान भएको सचिवालय बैठकमा आफ्नो निर्णय भएमा अध्यक्षको रुपमा अघि बढ्ने र खतिवडाको पक्षमा भए आफु सहयोग गरेर जाने प्रतिबद्धता जनाएका थिए । उनले निर्णय स्वीकार गर्ने र आफ्नो पार्टी छाड्दै हिड्ने बानि नरहेको बताएका थिए ।

उनले यसभन्दा अघि पनि लिखित रुपमा र वैठकमा समेत महासंघको निर्णय स्वीकार गर्ने भनेका थिए । निर्णय प्रक्रियामा नै सहभागि भएका र खतिवडाको पक्षमा निर्णय भएपछि बधाई दिएका उनले आफ्नो लिखित तथा मौखिक प्रतिबद्धता बिपरित नेपाली काँग्रेसको सदस्यता नै लिएर पार्टीको तर्फबाट उम्मेद्वार बन्ने भएकाछन् ।

उनलाई नेपाली काँग्रेसको सदस्यता लिएपछि मात्र टिकट दिने र सदस्यता नलिए समर्थन गर्न नसकिने बताएपछि सदस्यता लिएको नेपाली काँग्रेस श्रोतले जनाएको छ । नेपाली काँग्रेस झापाका उप सभापति शेरबहादुर भट्टराईले उनलाई सदस्यता रसिद प्रदान गरेकाछन् ।

गुरागाईले अध्यक्षको उम्मेद्वार बन्न बेइमानी गरेको चर्चा दमकमा शुरु भएको छ । आफै सहभागि भएर निर्णय प्रक्रियामा सहभागि हुनु र आफ्नो पक्षमा निर्णय नभएपछि लिखित तथा मौखिम प्रतिबद्धता बिपरित काम गर्नुले उनको विश्वसनियता नभएको पुष्टि हुन्छ, एक ब्यवसायीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार