बिर्तामोडमा वडा अध्यक्ष पौडेलको अध्यक्षता मा समिती सार्वजनिक

0
SHARES
8
VIEWS

बिर्तामोड नगरपालिका वडा नम्बर २ मा बाल मैत्री स्थानीय शासन स्थानीय वडा समिति गठन गरिएको छ ।
वडा लाई बाल मैत्री बनाउने उदेश्य अनुसार आज एक कार्यक्रमका बिच वडा कार्यालयमा वडाध्यक्ष किशोरकुमार पौडेलको अध्यक्षमा १५ सदस्यीय समिती घोषणा गरिएको हो ।
समय संजाल मिडियाको आयोजना तथा बालबालिका तथा शिक्षा संचार मञ्चको समन्वयमा आयोजित कार्यक्रमका संस्थाका सल्लाहकार एवं शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा टोल बिकास संस्था ,जनप्रतिनिधि ,बिद्यालय प्रतिनिधि ,बाल क्लब लगायतको उपस्थिति रहेको थियो ।

नव गठित वडा समितीको सदस्यमा तिला गौतम ,सर्मिला त्रिखत्री ,ओमनाथ गौतम ,चेतन बिमली ,प्रतिमा गौतम ,शारदा शिवाकोटी ,किरण पौडेल ,दिबाङ्कर मैनाली ,लक्ष्मण दाहाल ,पुनम अधिकारी ,संगम ओलि ,आसिका प्रसाई,सुब्रत न्यौपाने र सदस्य सचिवमा वडा सचिब हिमा पोख्रेल चयन भएका छन् ।

कार्यक्रममा मोहनमाया माध्यमिक बिद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठ ,वीर अमरसिंहका यदुनाथ अधिकारी ,प्रबिण सिटौला ,स्वास्थ प्रमुख प्रतिमा गौतम र बाल क्लब अध्यक्ष पुनम अधिकारीले बाल मैत्री वडा निर्माणमा आफ्नो सहभागी र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

कार्यक्रम बोल्दै वडा पौडेलले बालबालिकाको समग्र बिकासमा लाग्न आग्रह गर्दै बाल कोष स्थापना गर्दै बालबालिकाको हरेक समस्यामा साथ र सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे । सोही कार्यक्रममा उनले वडा र ब्यक्तिगत रुपमा ३० हजार कोषमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

यस्तै कार्यक्रमका अध्यक्ष न्यौपानेले शिक्षा सहकारी बालबालिकाको लागि निरन्तर गतिविधि गर्दै आएकाले आफ्नो तर्फबाट कोषलाई ब्यबस्थित गर्न संस्थागत सहयोग गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार