निराकार पाण्डेको शव, २४ दिनपछि बिर्तामोडमा… हजारौ शवयात्रामा सहभागि

0
SHARES
216
VIEWS

आगोलागीमा परेर कम्वोडियामा ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव, २४ दिनपछि घर आइपुगेको छ ।

कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल क्यासिनो मा गत पुस १४ गते शुक्रबार राति आगलागी हुँदा पाण्डेको ज्यान गएको थियो । उनको शव हिजो शुक्रबार राति नेपाल आइपुगेको थियो ।

उनको पार्थिव शरीरको अन्तिम संस्कारका लागि बिर्तामोडको अतिथि सदनस्थित पाण्डे निवासअगाडि
हजारौ स्थानियवासी आफन्तहरु शवयात्रामा सहभागि भएका छन । कनकाई माईमा दाहसंस्कारका लागि उनको शवयात्रा मा हजारौ स्थानियवासी देखि आफन्तहरुको भिड देखिएको छ ।

होटलमा आगलागी हुँदा १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर, शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइएको आफन्त तथा नेकपाएमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले बताउनुभएको छ । शवयात्रामा सरिक भएका खरेलले निराकार पाण्डेको पार्थिक शरिरमा नैकपाएमालेको झण्डा ओढाउनुभएको छ।सोही शोकसभामा वोल्दै खरेलले झापाले अकल्पिय घटनाको सामाना गर्नूपरेको बताउनुभएको छ। बैदेशिक रोजगारीका क्र्रममा धेरै नेपालीहरुले ज्यान गएको बताउदै खरेलले कम्वोडिया द्दन्द्दबाट गुज्रिएको र लामो प्रयास पछि आज मात्रै शव नेपाल ल्याउन सकिएको बताउनुभएको छ ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइएको हो ।

निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई यसअघि नै निर्देशन दिएका थिए ।

शव नेपाल ल्याउन सरकारले नै खर्च बेहोर्ने निर्णयसमेत भएको थियो । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याइएको हो ।

शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरेको थियो । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार