बि पि का उपकुलपति गिरी बिरुद्द अदालतमा मुद्दा

0
SHARES
9
VIEWS

काठमाडौं, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कुनै पनि आधिकारिक निकायबाट प्रमाणित नभएको प्रोफेसरको ओहोदा पाएको भनी प्रचार गराएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

यस्तै डा. ज्ञानेन्द्रमान सिंह कार्कीले डा. ज्ञानेन्द्रलाई प्रोफेसर पदको अनुमोदनका लागि काठमाडौं विश्वविद्यालयले सिफारिस गर्नसम्म सक्नेमा नियुक्ति दिएका आधारमा नपाएको ओहोदाको प्रमाणपत्र प्रयोग गरेको र त्यसमा मतियारको भूमिका निर्वाह गरेको पाइएको छ ।

आयोगले दुवैलाई कानूनअनुसार कारबाहीको माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।दैनिक नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार