एउटै रुखमा झुण्डिए दुई जना …प्रहरी घटनास्थलमा

0
SHARES
29
VIEWS

झापा कचनकवलको एभरेस्ट टि गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर एक पुरुष र एक महिला झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अहिले घटनास्थलमा प्रहरी कार्यालय झापाबाटै टोली खटाइएको छ । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।

कचनकवल–४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृतक राजेशका काका रघुनन्दन राजवंशीका अनुसार केटी पक्षकै दबाबका कारण दुवै जनाले आत्महत्याको बाटो रोज्नु परेको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार