५९ बिगाहामा दमक स्मार्ट सिटी बन्दै

0
SHARES
17
VIEWS

‘दमक भ्यूटावर’सँगै पूर्वतर्फ टाँसिएको ५९ बिगाहा जग्गामा दमक नगरपालिकाले स्मार्ट सिटी बनाउने योजना अन्तर्गत एकीकृत जग्गा व्यवस्थापन प्रक्रिया सुरु गरेको छ ।

‘नयाँ दमक’ नामाकरण गरिएको सो योजना नयाँ र व्यवस्थित ‘स्मार्ट सिटी’ परियोजना हो । जसका लागि चालू आर्थिक वर्षमा दमक नगरपालिकाले रु. एक करोड बजेट विनियोजन गरेको वडाध्यक्ष नविन बरालले जानकारी दिनुभयो ।

यस परियोजनामा नगरपालिका र स्थानीयबासी बीच साझेदारी हुनेछ । जग्गा स्थानीयबासीले उपलब्ध गराउने र त्यसमा नगरपालिकाले सडक, विद्युत, खानेपानी, ढल, बगैंचा, विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचना व्यवस्थित ढंगले निर्माणमा सघाउने बरालले बताउनुभयो ।

पहिलो चरणमा ‘लेन्ड पुलिङ’को काम सकिएको छ भने नगरपालिकाले टेन्डरमार्फत काठमाडौंको रास इन्जिनियरिङ कन्सल्टेन्सीलाई परामर्शदाता कम्पनी नियुक्ति गरिसकेको छ । परियोजना निर्माणका लागि स्थानीय जग्गादाताहरु मध्येबाट शान्तिराम गौतमको अध्यक्षतामा १५ सदस्यीय दमक भ्यूटावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति गठन भएको छ ।

परियोजनाका लागि स्थानीयले १२ धुरदेखि तीन बिगाहासम्म जग्गा दिएको र सबै ५९ बिगाहा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गरिने अध्यक्ष गौतमले बताउनुभयो ।

नगरपालिकाका प्रमुखको संयोजकत्वमा मालपोत, इलाका प्रशासन लगायतका कार्यालयका प्रमुखहरु रहनेगरी उपल्लो अनुगमन समिति समेत गठन भइसकेको छ ।

भ्यूटावरको निर्माणपछि नजिकै आधुनिक र व्यवस्थित सहर बसाउनका लागि स्थानीयबासीकै हितका लागि यो परियोजना अघि बढाइएको दमक नगरपालिकाकी निवत्र्तमान उपप्रमुख गीता अधिकारीले बताउनुभयो ।

“दमक भ्यूटावर वास्तवमा दृश्यावलोकनका लागि बनाइएको होइन, यो त बिजनेस टावर हो, जहाँ एउटै अत्याधुनिक भवनमा सबै प्रकारको व्यवसाय सञ्चालन हुन सक्छ,” निवत्र्तमान उपप्रमुख अधिकारी भन्नुहुन्छ–“तर, भ्यूटावरमा लगानी भयो भनेर यथार्थ नुबुझिकन यसको नकारात्मक प्रचार गरियो । दमकबासीको आर्थिक जीवनस्तर उकास्न गरिएको एउटा नौलो प्रयास हो यो ।”

जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समितिका अध्यक्ष शान्तिराम गौतमले राष्ट्रिय गौरवको ‘दमक भ्यूटावर’लाई समृद्धिको प्रतीकको रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै दृश्यावलोनका लागि मात्र ठूलो लगानी गरिएको भनेर बद्नाम नगरिदिन सञ्चारमाध्यमहरुसँग आग्रह गर्नुभयो लोकतन्त्रपोस्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार