क्यारीकेसी मेवा स्वास्थको हिसावमा अचुक फाइदा

0
SHARES
8
VIEWS

मेवा
सायदै होलान् यसको स्वाद मन नपर्ने र यसको बारे थाहा नपाउने , तराई देखि पहाड सम्म प्राय सबै नेपाली को घर मा अरु कुनै फलफुल नभए पनि मेवा सबै को मा हुन्छ । क्यारीकेसी ( Caricaseae ) परिवार अन्तर्गत पर्ने यो फल पौष्टिक दृष्टिले निकै लाभदायक मानिन्छ। वर्ष भरि नै फल दिन सक्ने धेरै कम फलहरू मध्ये एक यो फल भिटामिन ए को महत्पूर्ण श्रोत हो । मेवा देख्न र खानमा जति मीठो हुन्छ त्यत्तिकै गुणकारी पनि हुन्छ। यो फल पेट, मुटु तथा छाला को लागि पनि निकै राम्रो हो ।

हावापानी
मेवा उष्ण तथा उपोष्ण प्रदेशीय फल भएको हुँदा यसलाई तराई तथा मध्य पहाडमा सजिलै उत्पादन गर्न सकिन्छ । तातो तथा ओषिलो हावापानी मेवा खेतीका लागि उपयुक्त मानिने हुँदा समुद्री सतह देखि करिब १००० मि. उचाई सम्म यसको सफल व्यवसायीक खेती गर्न सकिन्छ ।

माटो
व्यवसायीक मेवा खेतीको लागि पानी नजम्ने, प्रशस्त प्रांगारिक पदार्थ भएको, बलौटे दोमट माटो उपयुक्त मानिन्छ । मेवाका जराहरु जमिनबाट धेरै गहिराईमा जान नसक्ने हुँदा माटो मलिलो हुनु आवश्यक छ । उचित पानीको निकास भएको तथा हावा खेल्ने माटो यसको खेतीको लागि राम्रो मानिन्छ । पि.एच ६ – ६.५ मेवा खेतीको लागि सुहाउँदो हुन्छ ।

निकै गुणकारी यो फल को माघ नेपाली बजारमा मा दिनानुदिन बढ्दै छ भने यसको व्यावसायिक खेती गर्ने चलन पनि बिस्तारै बढ्दै छ , तर भारत बाट आउने , अत्याधिक मात्रामा केमिकल, विषादी प्रयोग गरिएको मेवा हाम्रो उत्पादन को लागि केही चुनौती हो यता तर्फ सम्बन्धित सबै को ध्यान जाओस् । नेपालमा व्यवसायीक मेवा खेतीको प्रचुर सम्भावना छ तर लगानी निकै कम छ फलतः मेवा खेती फस्टाउन सकेको छैन । यसकारण मेवामा लगानी बढाई आत्मनिर्भर हुनु आजको आवश्यकता हो । अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार