विराट भरत विश्रान्तीमा पर्शूराम सिटौला स्मृति भवन निर्माण हुदै

0
SHARES
74
VIEWS

राजकुमार ओली विर्तामोड ,
विर्तामोडका समाजसेवी स्वर्गिय पर्शुराम सिटौलाको स्मृतिमा स्मृति भवन निर्माण हुने भएको छ ।
सन्चालक समेत रहेका निर्माणधिन विराट भरत विश्रान्ती मानव सेवा केन्द्र परिसरमा प्रर्शूराम स्मृति भवन निर्माण हुने भएको हो ।
सिटौला परिवारको सहयोगमा निर्माणाधीन विराट भरत विश्रान्ती मानव सेवा केन्द्र बिर्तामोडमा थप अर्को भवन निर्माण हुने भएसंगै आश्रमका सन्चालकमा थप हौसला थपिएको छ ।

शनिबार दाता परिवारले दुई तले भवनको शिलान्यास गरेसँगै सुविधा सम्पन्न अर्को भवन बन्ने पक्का भएको हो। कोरोना संक्रमणका कारण दुई वर्ष अघि निधन भएका बिर्तामोड नगरपालिका ३ का समाजसेवी पर्शुराम सिटौलाका श्रीमती पुण्यवती र छोरा शैलेन्द्र सिटौलाले सो भवनको शिलान्यास गरेका हुन् ।
पर्शुरामको दोस्रो वार्षिक स्मृतिको दिन भवन शिलान्यास गरिएको हो। भवन निर्माणमा ४५ लाख रुपैयाँ बढी लाग्ने जनाइएको छ। भवन शिलान्यासकै दिन दाता परिवारले १० लाख रुपैयाँ हस्तान्तरण गरेको केन्द्रका व्यवस्थापक नारायण आचार्यले बताए ।

भवन शिलान्यास तथा रकम हस्तान्तरण कार्यक्रममा केन्द्रका अध्यक्ष डिल्ली प्रसाईं, पूर्वअध्यक्ष हर्कलाल गिरी लगायतको सहभागिता थियो। दुई बिघा १६ धुरमा निर्माण भइरहेको सो सेवा केन्द्र मुलुककै सबैभन्दा ठूलो, अत्याधुनिक र सुविधायुक्त हुने बताइन्छ । सेवा केन्द्र निर्माणका लागि समाजवादी चिन्तक सिके प्रसाईं भरतबाबुको परिवारले २ बिघा १६ धुर जग्गा निस्शुल्क उपलब्ध गराएको छ। जग्गा उपलब्ध भएपछि सेवा केन्द्र निर्माण प्रारम्भ भएको हो ।

योगकेन्द्र, पार्क, टावर , आवास लगायत संरचना बन्दै गरेको सो केन्द्रबाट सशुल्क र निस्शुल्क सेवा उपलब्ध गराउने लक्ष्य अभियानकर्ताको छ। जीवनको उत्तरार्धमा जेष्ठ नागरिकलाई एक्लोपन हटाउएर पूर्णजीवनको अनुभूति दिलाउने ध्येयका साथ केन्द्र निर्माण सुरु गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार