बौद्वमोडमा कृत्रिम हात खुट्टा वितरण शिविरको उद्घाटन

0
SHARES
5
VIEWS

मेचीनगर–२ स्थित बौद्वमोड इङ्लिस बोर्डिङ स्कूल परिषरमा शनिवार दिउँसो निक्कै भिडभाड थियो । शारीरिक रुपमा अपाङ्गता भएकादेखि सबल मानिसहरुको ओहोर दोहोर चलिरहेको थियो । सबैको मुहारमा खुशी छाएको प्रस्ट देखिन्थ्यो ।

ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाले अपाङ्गता भएका मानिसहरुलाई निशुल्क कृत्रिम हात खुट्टा वितरण गर्ने भएपछि देशका बिभिन्न जिल्लाबाट फरक क्षमता भएका मानिसहरुसहरु सहभागि बनेका थिए । नारायण सेवा संस्था उदयपुर राजस्थान भारतबाट शिविर इन्चार्ज हरिप्रसाद लड्डाको नेतृत्वमा आएको सातजनाको प्राविधिक टोलीले फरक क्षमता भएका व्यक्तिको हात खुट्टाको नाप लिइरहेका थिए । शिविरमा नाथु सिंह, किसन सुतार, नरेन्द्र सिंह, सत्यनारायण मिणा र रजनी मेननको प्राविधिक टेली सहभागि थियो ।

हात, खुट्टा नहुँदा जीवनभरी पीडा बोकेर बसेका व्यक्तिहरुको लागि मात्र होइन उनीहरुको परिवार र सिंगो समाजलाई यस अभियानले खुशी दिएको थियो ।
शिविरको उद्घाटन् प्रदेश – १ का कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले गरेका थिए । प्रमुख अतिथि सिटौलाले मानव सेवानै सबैभन्दा ठूलो धर्म भएको बताउँदै ब्रमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्था र सहभागि सहयोगी टिमले ठूलो पुण्यको काम गरेको भन्दै आयोजक तथा सहयोगि सिंगो टिमको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेप इण्डिया फाउण्डेसनकी सचिव इन्दिरा शर्मा ,रुद्र गौरी प्रतिष्ठानका कोषाध्यक्ष गोपाल ओली, रोजी हिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राई, सहकारी संस्थाका तर्फबाट रामचन्द्र उप्रेती, नारायणी सेवा संस्थानका हरिप्रसाद लड्डा लगायतले बोलेका थिए ।

सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश – १ (क) का प्रदेश सभा सदस्य गोपाल तामाङ, प्रदेश (ख)की प्रदेश सभा सदस्य सविना बजगाईँ, नेपाली काँग्रेसका झापा जिल्ला उपसभापति केशवराज पाण्डे, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, हल्दीबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन, मेचीनगर– २ का वडाध्यक्ष दीपक बराल, बौद्वमोड कृषि सहकारी संस्थाका अध्यक्ष नरेन्द्र काफ्ले, शुभ चिया सहकारी संस्थाका अध्यक्ष शम्सेर बहादुर खड्का, समाजसेवी केशव ओझा, रमेश दाहाल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

शिविरमा संखुवासभा, भोजपुर काठमाडांै लगायत देशभरबाट सहभागी भएका १०८ जना अपाङ्गता भएका मानिसको हात खुट्टाको नाप लिएको र उनीहरुलाई आगामी चैत १५ गते एक कार्यक्रम आयोजना गरेर कृत्रिम हात खुट्टा वितरण गरिने सहकारी संस्थाका अध्यक्ष सचिन निरौलाले बताए ।

हामी सामाजिक अभियानमा निरन्तर लाग्ने छौं, अध्यक्ष निरौलाले भने,‘ पूर्ण शरीर नहुँदा हरेक व्याक्तिलाई पीडा हुन्छ त्यसैले हामी यस सहकारीको माध्यमबाट देशभर रहेका अपाङ्गता भएको मानिसहरुको खुशीको लागि कृत्रिम हातखुट्टा वितरण अभियानमा निरन्तर लाग्छौं ।’

अध्यक्ष निरौलाले विभिन्न दाता र सरकार सँग समन्वय गरेर निकट भविश्यमा बौद्वमोडमै कृत्रिम हातखुट्टा उत्पादन उद्योग सञ्चालन गर्ने र देशभर सेवा दिने बताए । उनले यस अभियानमा नारायण सेवा संस्थानले सहयोग गर्ने विश्वास व्यक्त गरे । आयोजकले नारायण सेवा संस्थाका अध्यक्ष तथा सिंगो टिमलाई धन्यवाद ज्ञापन गरेको थियो ।

शिविरमा नारायण सेवा संस्था उदयपुर भारत, नेप इण्डीया फाउण्डेसन कालिम्पुंग, रुद्रगौरी श्री अम्बीका ओली प्रतिष्ठान झापा, रोजी हिरा फउण्डेसन नेपाल र दकम अपाङ्ग सहयोगी समितिले सहयोग पुर्याएको आयोजकले जनाएको छ ।

कार्यक्रमको सञ्चालन केशर बहादुर बस्नेतले गरेका थिए khabarmanchabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार