मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित

0
SHARES
14
VIEWS

मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र प्राप्त गरेका थिए ।

यसैगरी, वरिष्ठ उपाध्यक्षमा कपिल क्षेत्री (किशोर) निर्वाचित भएका छन् । उनले ५१६ मत ल्याए । उनका प्रतिस्पर्धि हरिप्रसाद कोइरालाले ५०९ र पन्नालाल जैनले २१९ मत मात्र प्राप्त गरे ।

उद्योग उपाध्यक्षमा भुमि पौडेल ६५५ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि आनन्द खड्काले ५९७ मत मात्र प्राप्त गरे ।

बाणिज्य उपाध्यक्षमा कञ्चन बरालले ७३२ मत ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धि भिमबहादुर कुँवरले ५०४ मत ल्याए ।

यस्तै, महिला उपाध्यक्षमा निर्मला चौहान भण्डारीले ६२६ मत ल्याएर निर्वाचित भइन् भने उनका प्रतिस्पर्धि सुनिता शर्माले ५८४ मत प्राप्त गरिन् ।

महासचिव पदमा दिनेश शाक्य निर्वाचित भएका छन् । उनले ६६८ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धि उदयकुमार श्रेष्ठले ५५० मत मात्र प्राप्त गरेको निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले बताए ।

यसैगरी महिला सदस्यमा देवीमाया तामाङले ६३२ र सुन्दरीकुमारी श्रेष्ठले ५७१ मत ल्याएर निर्वाचित भए । सदस्यमा कृष्णकुमारी चापागाई सुवेदीले ४५० र पवित्रा तिवारीले ५०९ मात्र प्राप्त गरेका थिए ।

खुल्ला सदस्यमा विष्णुबहादुर बुढाथोकीले ७४६, कमलप्रसाद कोइरालाले ६९९, विनोदकुमार बानियाँले ६२९, श्यामप्रसाद न्यौपानेले ६२३, भिम विष्टले ६०५, राजेशकुमार वंशलले ६०५, सन्तोष खवासले ५८४ र दिपेन्द्रराज पाण्डेले ५५७ मत ल्याएर निर्वाचित भएका छन् ।

यता सदस्यमा वर्मलाल ओझाले ५४०, चन्द्रबहादुर घोर्साईले ५२५, श्रवणकुमार बानियाँले ५१८, ललित अग्रवालले ४३५, गोपालप्रसाद गुप्ताले ४२६, कुलप्रसाद शिवाकोटी (केपी)ले ४१२, इन्द्रप्रसाद भण्डारीले ३७५ र श्रवणकुमार साहले ३३८ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार