निर्माणधिन नगर अस्पतालका ठेकेदार भागेपछि स्थानिय निराश

0
SHARES
12
VIEWS

झापाको मेचीनगर नगरपालिका १० मा निर्माणधिन नगर अस्पताल ठेकेदार भागेपछि २ बर्षदेखि अलपत्र परेको छ ।

नगरमै सुविधा सम्पन्न नगर अस्पतालबाट नगरवासीलाई स्वास्थ सेवा दिने उद्देश्यले निर्माण सम्झौता गरेको ठेकेदार भागेपछि स्थानिय निराश बनेका छन् ।

संघीय सरकारको २४ लाख लागतमा निर्माण हुन लागेको अस्पताल २ वर्षदेखि अलपत्र परेको छ । मेचीनगर नगरपालिकामा १५ बेडको सुविधा सम्पन्न अस्पताल बनेपछि सहज र सुलभ ढङ्गबाट स्वास्थ्य सेवा प्राप्त गर्ने स्थानियबासीले सपना बुनेका थिए । तर २ बर्षदेखि निर्माण ठप्प छ, यसले थप निराशा बनाएको छ ।

१३ करोड ३० लाखमा निर्माण गर्ने भुमी बिपियल कन्ष्ट्रक्सनका सञ्चालक कृष्ण बोहोराले २०८० साउन मसान्तसम्म निर्माण सम्पन्न गर्ने सम्झौता गरेका थिए ।

तर, बोहोरा २ वर्षदेखि सम्पर्क बिहीन बनेका छन् । अस्पताल निर्माण सम्पन्न मिति सकिन लाग्दा भौतिक निर्माणको प्रगती सन्तोसजनक छैन । जसका कारण स्थानीयमा निराशा उत्पन्न भएको स्थानीयवासी निर्मला चौहान भण्डारी बताउनुहुन्छ ।

मेचीनगर नगरपालिकाको स्वामित्वमा रहेको करिब ६ बिघा जग्गा परिसरमा बन्न लागेको अस्पतालबाट यहाँका लाखौं नागरिकले स्वास्थ्य सेवा प्राप्त गर्नेछन् ।

निर्माणस्थलको राम्रो सुरक्षा व्यवस्थापन नहुँदा लाखौंका निर्माण सामाग्री चोरी भएको नगर प्रमुख गोपालचन्द्र बुडाथोकीले बताउनुभयो ।

प्रमुख बुढाथोकीले समयमै निर्माण सम्पन्न गरेर स्वास्थ्य सेवा दिने उदेश्यले आवश्यक प्रकृया पूरा गरेर सम्झौता गरियो तर अहिले ठेकेदार नै फरार भएपछि उदेश्य अनुरूप कार्य सम्पादनमा अवरोध भएको छ ।

समस्यका बिषयमा सरोकारवाला निकायलाई जानकारी गराएको र छिटै अस्पताल निर्माणको काम सुरू गर्ने उहाको भनाइ छ ।

त्यस्तै, मेचीनगर १० का वडाध्यक्ष नारायण खनालका अनुसार ठेकेदारको खोजी कार्य जारी छ । सम्झौता गर्ने ठेकेदार कम्पनीलाई कालो सुचिमा राख्ने प्रकृया अघि बढेको छ ।

नगर अस्पताल अलपत्र पारेर लामो समयदेखि सम्पर्कविहिन बनेका ठेकेदार बोहोरालाई २०७८ कार्तिक ५ गते २ करोड ६० लाख पेश्की रकम नगरले भुक्तानी गरेको देखिन्छ । २ बर्षअघि निकै तामझामका साथ शिलान्यास भएको नगर अस्पताल अहिले वेवारिसे अवस्थामा छ ।

यो अस्पताल मात्र होइन् नगरमा निर्माणाधीन धेरै विकास निर्माणका काम अलपत्र छन्, जसका कारण जनताले तिरेको ठुलो धनराशी बलुवामा पानी जस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार