मुस्ताङ भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुने

0
SHARES
14
VIEWS

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप २०७९ र चौधरी ग्रुपको उत्पादन मुस्ताङबीच मुख्य प्रायोजक टाइटल स्पोन्सर का रुपमा सम्झौता हस्ताक्षर भएको छ ।

हस्ताक्षरसँगै अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आज भद्रपुरस्थित होटल आनीको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुस्ताङका तर्फबाट नेसनल सेल्स हेड युवराज खत्रीले हस्ताक्षर गरे ।

प्रतियोगिता यही फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रंगशालामा हुनेछ ।

रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न एक करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडी प्लेयर अफ द टुर्नामेन्टले नगद एक लाख पाउनेछ । त्यस्तै, उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको प्लेयर अफ द म्याच १० हजार रुपैयाँ दिइनेछ ।

प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लबको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष ढकालले बताए । केही दिनमै खेलतालिका सार्वजनिक गरिने उनले बताए ।

कार्यक्रममा संरक्षक भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले प्रतियोगिता आयोजनाले भद्रपुर तथा दक्षिण झापामा उत्साह छाएको बताए .olinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार