एयर गनसहित चार जना पक्राउ

0
SHARES
6
VIEWS

मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट एयर गनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत वेस्टबंगाल सिलिगुडी प्रधान नगरका २० बर्षीय ओम साह, २५ बर्षीय सिद्धार्थ मगर, २० बर्षीय मोहम्बद सुल्तान सुसेन र २० बर्षीय बिटु सरकार रहेका छन ।

सोमबार बिहान साढे ११ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची पुलमा चेकजाँचको क्रममा संकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउदै गरेका उनीहरुको साथबाट एयर गन २ थान, एयर पेस्तोल १ थान र एयर गनमा प्रयोग हुने छर्रा गोली १७० पिस बरामद गरेको थियो ।

सो एयर गन र गोलीसहित पक्राउ परेका चारै जनाको हातहतियार खजनामा मुद्वा दर्ता भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार