बाह्रदशी जेसीजका नयाँ सदस्यलाई प्रि–इन्डक्स तालिम

0
SHARES
6
VIEWS

२८ माघ । बाह्रदशी जेसीजले वर्ष २०२३ का लागि नयाँ सदस्यलाई प्रि–इन्डक्सन तालिम तथा बोर्ड पदाधिकारीलाई शाखा पदाधिकारी तालिम सम्पन्न गरेको छ ।
बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष लक्ष्मी प्रसाद उप्रेतीको सभापतित्व, गौरिशंकर मा वि, बाह्रदशी ७ का प्रधानाध्यापक लेखनाथ कटुवालको प्रमुख आतिथ्यता, प्रशिक्षक सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष कुमार मणि पोखरेल, संस्थापक अध्यक्ष विगम श्रेष्ठ र निवर्तमान अध्यक्ष पुष्पलाल धमलाको आतिथ्यतामा गौरिशंकर मा वि को सभाहलमा उक्त तालिम प्रदान गरिएको हो ।
तालिम संयोजक गोपाल उप्रेतीले संयोजन गरेको सो कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष प्रकाश फुयेल र आस्था बाचन उपाध्यक्ष विश्वास गौतमले राखेको कार्यक्रमको संचालन महासचिव खगेन्द्र सुवेदीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार