विवाहमा हिडेकी तारा निरौला १० महिनाको छोरी छोडेर गएपछि आफन्तको रुबावासी

0
SHARES
72
VIEWS

तारा निरौला इटहरीस्थित उद्गम साकोस् सहकारीकी व्यवस्थापक थिइन्। उनी कार्यालयबाट आफन्तको बिहेमा जान भनी स्कुटरमा निस्केकी थिइन्।

तरहरामा उनकी फूपूका छोराको बिहे चलिरहेको थियो। सबै आफन्त त्यहाँ भेला भएका थिए।

इटहरी-५ की २५ वर्षीया निरौलालाई त्यसैक्रममा ट्रकले इटहरी-६ कोसी राजमार्गमा शुक्रबार दिउँसो १:२० बजे ठक्कर दिएको थियो।

उनका श्रीमान् नवीन गौतमले यो खबर तारालाई अस्पतालमा पुर्‍याएपछि मात्रै थाहा पाए।

‘दुर्घटना भयो, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ भनी मलाई खबर आएको आयो,’ गौतमले भने।

शुक्रबार दिउँसो १:२० मा ना५ख ४५५३ ट्रकले धरानतर्फ गइरहेको को२१प ५४७७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा निरौलाको मृत्यु भएको थियो।

ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार निरौला गम्भीर घाइते भएकी थिइन्। उनलाई प्रहरीले उपचारका लागि प्रतिष्ठानमा पुर्‍याएको थियो।

नवीन र ताराको २०७२ साल फागुन ४ गते बिहे भएको थियो। उनीहरूकी एक मात्रै छोरी छिन्।

उनी पनि भर्खर १० महिनाकी भएकी छिन्। तीन दिनअघि उनी १० महिनाकी भएकी थिइन्।

नवीन सुनसरी क्रिस्टल एकेडेमी नामको अंग्रेजी बोर्डिङका सञ्चालक हुन्। बोर्डिङ लाग्नुअघि नै उनी घरबाट निस्केका थिए।

ताराको निधनले बिहेको रमझम् शोकमा परिणत भएको छ। उनको मृत्युपछि आफन्त शोकमा छन्।

ताराको माइती तेह्रथुम पिप्ले हो। ‘उनीहरू एनिभर्सरी मनाउने तर्खरमा पनि थिए,’ निरौलाका एक आफन्तले भने।

दुर्घटनामा ताराको मृत्युपछि १० महिनाकी छोरीको अभिभावकत्व नवीनको जिम्मामा छ। घटनापछि उनी विक्षिप्त छन्। त्यही अवस्थामा पनि उनले छोटो कुराकानी गरेका थिए।nabapatbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार