भद्रपुर झापा गोल्डकपको तयारी पूरा…नेपाल, भारत र भुटानका गरी १० टिमको सहभागिता

0
SHARES
4
VIEWS

फागुन ७ गतेबाट सुरू हुने भद्रपुर झापा गोल्डकपको तयारी पूरा भएको आयोजक समितिले जनाएको छ ।

गोल्डकप आयोजक समितिले आज प्रतियोगिता स्थलमा मेची रगंशालामा आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार खेलका लागि आवश्यक सवै पूर्वाधार सहितका संरचना तयार पारिसकिएको हो ।

समितिका महासचिव जीवनकुमार श्रेष्ठका अनुसार नेपाल, भारत र भुटानका गरी १० टिमको सहभागितामा हुने गोल्डकपमा खेल व्यवस्थापन, पुरस्कार तथा सम्मान र खेलाडी व्यवस्थापनका लागि आवश्यक संरचना तयार भइसकेका छन् ।

समितिका बरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीका अनुसार आयोजक टिमका लागि भद्रपुर ब्लेजर्सका लागि भद्रपुरका ख्यातिप्राप्त खेलाडीसहित नेपाल तथा क्यामरुमका ख्यातिप्राप्त ए डिभिजनका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा नेपाल आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा क्लब, मनाङ मस्र्याङ्दी लगायतका नेपालका ए डिभिजन टिमको सहभागिता रहनेछ । महासचिव श्रेष्ठका अनुसार विजयी पुरस्कर १३ लाख रुपैयाँ राशिको हुनेछ भने उपविजयी टिमले पुरस्करवापत ७ लाख रुपैयाँ पाउनेछ ।

आयोजक समितिले नेपाल तथा भारतका समेत खेलपे्रमी दर्शकलाई मध्यनजर गर्दै यातायात तथा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । गोल्डकपमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क हेर्न दिने व्यवस्था मिलाइएको छ भने भद्रपुर नगरपालिका भित्रका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई समेत आलोपालो खेल हेर्न दिइनेछ ।

गोल्डकप समितिका अध्यक्ष दिपेश ढकालका अनुसार रंगशालामा २० हजार दर्शकले एकैचोटी खेल हेर्ने गरी स्थायी र अस्थायी प्यारापिट तयार पारिएको छ । खेल हेर्न १५० रूपैयाँको टिकट काट्नु पर्नेछ तर १४० रूपैयाँ बराबरको जुस टिकट खरिदकर्ताले निःशुल्क पाउने छन् । हरेक दिन २४ इन्चको टिभी, सौर्य एयरलाइन्सको काठमाडौं भद्रपुरका लागि ३ वटा टिकट र ५ जनाले होटलमा खाना निःशुल्क पाउने गरी लक्की ड्रको व्यवस्थासमेत गरिएको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतियोगिता आयोजक समितिका अध्यक्ष दिपेश ढकालको अध्यक्षता तथा सञ्चार संयोजक गोपाल गिरीको संयोजनमा सम्पन्न पत्रकार सम्मेलनमा गोल्डकप संरक्षण समितिका संयोजक भद्रपुर नगरप्रमुख गणेश पोखरेल, उद्योग वाणिज्य संघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, आयोजक टिमका प्रमुख प्रशिक्षक हरि खड्का, सौर्य एयरलाइन्सका अध्यक्ष दिपक पोखरेल लगायत खेल सम्बद्ध व्यक्त गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार