0
SHARES
8
VIEWS

नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमको प्रथम बिन्दु झापाको दमकस्थित आम्दा अस्पतालबाट हटाइपछि बिरामीलाई बीमाको सेवा पाउन सास्ती भएको छ ।

आम्दा अस्पतालबाट दुई वर्षअघि प्रथम बिन्दु हटाइएपनि बिरामी आउने क्रम रोकिएको छैन । अहिले पनि बिरामीहरू प्रथम बिन्दुको रूपमा नै कायम रहेको ठानेर उपचारका लागि अस्पताल आउने गरेका हुन् । पहिलो बिन्दुबाट सिफारिस अनिवार्य गरेपछि बिरामी अप्ठेरोमा पर्ने गरेका छन् । आम्दा अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष नगरपालिकाका प्रमुख हुने व्यवस्था छ ।

अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रकाश शर्माले सिफारिस भएर आएका बिरामीलाई मात्र उपचार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आपत्कालीन उपचार र अन्यत्रबाट रेफर भएर आएका बिरामीलाई भने सेवा दिइरहेका छौँ ।”

प्रथम बिन्दुका रूपमा आफूहरूले सुरुवातदेखि नै सेवा दिए पनि अचानक सरकारले प्रथम बिन्दुबाट हटाएको उहाँको भनाइ छ । पछिल्लो समयमा सम्बन्धित निकायले प्रथम बिन्दुका रूपमा मान्यता दिने बारम्बार बताए पनि अहिलेसम्म नपाएको उहाँले जनाउनुभयो । “सरकारले सबै जनताको पहुँचमा सर्वसुलभ सेवा दिने उद्देश्यका साथ लागू गरेको स्वास्थ्य बिमाको कार्ड लिएर यहाँ आएका बिरामीको उपचार गर्न प्रतिबद्ध छौँ,” उहाँले भन्नुभयो ।

दमकस्थित सम्पूर्ण राजनीतिक दलहरू, दमक नगरपालिकाले समेत आम्दा अस्पताललाई प्रथम बिन्दुका रूपमा मान्यता दिन लिखित तथा मौखिक रूपमा सम्बन्धित निकायमा ज्ञापनपत्रसमेत बुझाएका छन् । आश्वासन मात्र पाएको तर प्रथम बिन्दुका रूपमा स्वीकार गरेर मान्यता नपाएको जनाइएको छ । प्रसूति सेवामा अब्बल मानिएको आम्दा अस्पतालमा आइसियु, एनआईसीयूलगायत विशेषज्ञ सेवाहरू उपलब्ध छन् । अस्पतालका पूर्वमेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन ढकालका अनुसार नेपाल सरकारले तोकेको मापदण्ड र निर्देशनअनुसारको सेवा विगतमा पनि दिएको र अहिले पनि दिने जनाउनुभयो ।

सन् १९९२ मा १५ श-याबाट सुरु भएको यो अस्पताललाई स्वास्थ्य मन्त्रालयले परोपकारी अस्पतालका रूपमा मान्यता दिएको छ । स्थानीय दाताले दिएको दुई बिघा जमिनमा अस्पताल रहेको छ । उबेला पूर्वी नेपालमा आएर बसोबास गरेका भुटानी शरणार्थीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले आम्दा अस्पताल स्थापना भएको थियो । अहिले भुटानी शरणार्थी तेस्रो मुलुक गएपछि पूर्वी नेपालका बिरामीलाई अस्पतालले सेवा दिँदै आएको छ ।गोरखापत्रबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार