प्रचण्ड छेपारे नियतका नेता हुन , , , गोकुल बास्कोटा

0
SHARES
11
VIEWS

प्रमुख सत्तासाझेदारी दल नेकपा (एमाले)का नेता तथा सांसद गोकुल बास्कोटाले सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भएको बताएका छन् ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले बाहेकका आठ दलबीच सहमति गरेर आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति गरेसँगै नेता बास्कोटाले प्रचण्डलाई रङ फेर्ने छेपारोसँग दाँजेका छन् ।

उनले यसअघि प्रचण्डसँग सहकार्य गर्दा उत्साह र आशा दुबै नभएको उल्लेख गर्दै एमाले निराश हुनु पर्ने कारण नभएको समेत संकेत गरेका छन् । उनले अब एमाले आफ्नै लयमा अघि बढ्नु पर्ने उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बास्कोटाले भनेका छन्ः

उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।दैनिकनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार