वीरता जेसीज र बिर्तामोड एजुकेशन फाउण्डेशनले विपन्न २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने

0
SHARES
17
VIEWS

बिर्तामोड एजुकेशन फाउण्डेशनले विपन्न २० जना विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने भएको छ ।

फाउण्डेशन र वीरता जेसीजबिच निःशुल्क कम्प्युटर शिक्षा तालिमकालागि मङ्लबार आज सम्झौता भएको छ । एक कार्यक्रमकाबिच फाउण्डेशनका अध्यक्ष राज कार्की र जेसीजका अध्यक्ष घनश्याम चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेर पत्र साटासाट गरेका हुन् ।

शैक्षिक क्षेत्रमा काम गर्दै आएको फाउण्डेशनको छैठौं बार्षिक उत्सवको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत जेसीजसँग सहकार्य गर्दै २० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर शिक्षा तालिम प्रदान गर्न लागिएको फाउण्डेशनका अध्यक्ष राज कार्कीले जानकारी दिए ।

जेसीजले तालिमका लागि २० जना बिद्यार्थी छनौट गरेर दिएपछि उनीहरुलाई निःशुल्क कम्प्युटर शिक्षा सम्बन्धि ३ महिने तालिम प्रदान गरिने जनाइएको छ ।

विद्यार्थीहरुलाई सफ्वेटर तथा हार्डवेयरका विषयमा शिक्षा प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष अनुप सुनवार , राष्ट्रिय उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले फाउण्डेशन र जेसीजबीच भएको सम्झौताको प्रशंसा गरे ।

कार्यक्रम संयोजक दीपक साफीले स्वागत गरेको कार्यक्रमको सञ्चालन जेसीजका महासचिव जीवन खड्काले गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार