जिल्ला स्तरीय महिला फुटबल प्रतियोगतिाको उद्घाटन खेलमा आयोजक विजयी

0
SHARES
23
VIEWS

नारी दिवसको अवसर पारेर झापाको कनकाईमा संचालन भएको जिल्लास्तरीय महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कनकाई महिला फुटबल क्लवले विजयी सुरुवात गरेको छ ।

सातौं संस्करणका रूपमा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजक रहेको प्रतियोगिता कनकाई खेलकुद प्रतिष्ठान(कासा)ले संचालन गरेको हो । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको बताइएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर फागुन २४ गते समापन हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक कनकाई महिला फुटबल क्लव र शिवसताक्षी महिला फुटबल क्लब विच भएको थियो । खेलको दोस्रो हाप पछि आयोजक कनकाईका तर्फबाट लक्ष्मी श्रेष्ठले विपक्षीको जाली चुम्न सुरुवात मात्र गरिनन् लगातार चार गोल गर्न सफल भइन् भने आयोजककी मनिता तुम्रुकबाट थप एक गोल गरेर ५–० को फराकिलो गोल अन्तरले आयोजक टिमले अग्रता लिएको हो ।

खेलको प्लेयर अफ द म्याच आयोजक टिमकी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनलाई स्थानीय युवा व्यवसायी विरेन्द्रप्रकाश मैनालीले स्पोन्सर गरेको नगद २ हजार प्रदान गरिएको थियो । व्यवसायी मैनालीले प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई प्रदान गरिने नगद सहयोग गर्ने बताइएको छ । प्रतियोगिताको विहिबार जुनतारा महिला फुटबल क्लव खुदुनाबारी र बाह्रदशी महिला फुटबल क्लव विच प्रतिस्पर्धा हुने बताइएको छ ।

स्थानीय कनकाई मावि सुरुङ्गाको खेलमैदानमा हुने प्रतियोगितामा झापाका ८ वटा टिमले सहभागिता जनाउँने भएका छन् । प्रतियोगितामा कनकाई महिला फुटबल क्लब, शिवसताक्षी महिला फुटबल क्लब, दमक महिला फुटबल क्लब, पारिजातमहिला फुटबल क्लब सालबारी, जुनतारा महिला फुटबल क्लब खुदुनाबारी, बा¥हदशी महिला फुटबल क्लब, भद्रपुर महिला फुटबल क्लब र एकता महिला फुटबल क्लब चारपानेले भाग लिएको प्रतिष्ठानका अध्यक्ष छबि थपलियाले जानकारी दिए ।

‘खेलकुद मार्फत राष्ट्र विकासको अभियान’ मूल नारा लिएर २०७१ सालमा स्थापित प्रतिष्ठानले वार्षिक रुपमा जिल्लास्तरीय महिला फुटबल प्रतियोगिता संचालन गर्दै आएको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए । एक विशेष समारोहका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल एवं उपप्रमुख आशा शिवाकोटीबाट प्रतियोगिताको उद्घाटन भएको प्रतिष्ठानका उपाध्यक्ष हरिकुमार कार्कीले जानकारी दिए । त्यस्तै समापन समारोहमा प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्य रहने उपाध्यक्ष कार्कीले बताएका छन् ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार र दोस्रो पुरस्कार ५० हजार रहेको छ । प्रतियोगिता सम्पन्न गर्नकालागि कनकाई नगरपालिकाको प्रमुख आर्थिक सहयोग रहने र प्रथम पुरस्कार कनकाई नगर खेलकुद विकास समितिबाट प्राप्त हुने बताइएको छ ।

प्रतिष्ठानका अध्यक्ष छवि थपलियाको सभापतित्व एवं कनकाई नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको उद्घाटन समारोहमा उपप्रमुख आशा शिवाकोटीले प्रतियोगिताको सफलताकालागि शुभकामना मन्तव्य राखेकी थिइन् । उपाध्यक्ष अम्बिका खरेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव मान्ता खरेलले गरेकी थिइन् । कार्यक्रममा कनकाई– ३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, वडा नं.४ का वडाअध्यक्ष रोशन सुवेदी, वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राई, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतिकुमार उप्रेती, पूर्वअध्यक्ष दिननाथ खतिवडा, दुर्गा प्रसाईँ, सल्लाहकार राजेन्द्र उप्रेती, समाजसेवी शेरबहादुर थापा, टिकाप्रसाद लामिछाने लगायतको उपस्थिती रहेको प्रतिष्ठानका सहसचिव रमेशचन्द मैनालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार