धमलासँग नाम ‘जोडिएर आएकी’ महिलाले विष सेवन गरी आत्महत्याको प्रयास

0
SHARES
34
VIEWS

पत्रकार ऋषि धमलासँग नाम ‘जोडिएर आएकी’ महिलाले विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन्।

धमलासँग ‘सम्बन्ध’ रहेको भन्दै युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिएर चर्चामा आएकी शर्मिला वाइबाले बुधबार राति विष सेवन गरेकी हुन्।

बानियाँटार बस्दै आएकी वाइबालाई आफन्तले वीर अस्पतालमा लगेका छन्।

काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनको अहिले आइसियूमा उपचार भइरहेको छ।

‘खतरामुक्त रहेको चिकित्सकले बताएका छन्,’ कार्कीले भने, ‘उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ।’

आफन्तले अस्पताल पुर्‍याएपछि प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले सोध्दा वाइबाले केही बताएकी छैनन्।

धमला र उनको सम्बन्ध के हो स्वतन्त्र पुष्टि नभए पनि त्यो प्रकरणमा युट्युब च्यानलहरूमा अन्तर्वार्ता दिएका कारण वाइबा एकाएक चर्चामा आएकी थिइन्।nabapath bata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार