काँकरभिट्टा भेट्रान फुटबल क्लबले इन्डो-नेपाल फुटबल प्रतियोगिता सञ्चालन गर्ने

0
SHARES
2
VIEWS

काँकरभिट्टा भेट्रान फुटबल क्लबले इन्डो-नेपाल फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

विभिन्न खेलसँगै सामाजिक क्षेत्रमा क्रियाशिल क्लबले कोरोना संक्रमणका कारण निरन्तर रुपमा आयोजन गर्दै आएको फुटबल प्रतियोगिता केहि वर्षदेखि सञ्चालन गर्न सकेको थिएन् ।

काँकरभिट्टा मावीको खेल मैदानमा यही फागुन २५ गतेदेखि ३० गतेसम्म हुने खेलमा नेपाल-भारतका १० भन्दा बढी अनुभवी भेट्रान टिमको भिडन्त हुने क्लबका महासचिव शेरबहादुर बस्नेत (सुन्दर) ले बताए । खेलमा भारतका सिलगुढी, सिक्किम र कोलकत्ताका क्लबहरु सहभागी हुनेछन् भने नेपालका काठमाडौं, पोखरा, चितवन, मोरङ्ग, सुनसरी र आयोजक क्लबका ए र बी टिमले सहभागी हुनेछन् ।

करिब १६ लाख ३० हजारकाे लागतमा प्रतियाेगिता सम्पन हुने, क्लवका उपाध्यक्ष राजु पाैडेलले बताए, उनले भने- खेलमा प्रथम, द्वितीय, क्रमश २ लाख र १ लाख नगदसहित ट्रफी प्रदान गरिने छ ।

त्यस्तै, उत्कृष्ट खेलाडी १० हजार, उत्कृष्ट गोलरक्षकलाई ५ हजार, उत्कृष्ट जेष्ठ खेलाडीलाई ५ हजार, सर्वाधिक गोलकर्तालाई ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार प्रदान गरिने क्लबका अध्यक्ष गंगालाल गुरुङ्ग बताए ।

२०७१ सालमा स्थापना भएको भेट्रान फुटबल क्लबले तेस्रो संस्करण अनेतरगत याे प्रतियाेगिता गर्न लागेकाे हाे। बिगतमा धेरै फुटबल प्रतियोगिता सफलता पूर्वक सञ्चालन गरिसकेकाे छ।अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार