दुवागढीमा वोयर बाख्रा पालनको व्यवसाय

0
SHARES
4
VIEWS

मुक्ति पौडेल
मेचीनगर । चौध वर्षसम्म अरबको उखुम गर्मीमा पसिना बगाएपछि विजयले संझे आफ्नो देश र आफ्नो गाउँ । उनले निश्चय गरे अर्काका देशमा जति गरेँ अब भयो अब आफ्नै गाउँमा गएर केही गर्छु भनेर ।

मेचीनगर-१० का विजय नेपाल जब आफ्नो गाउँ फर्के उनले पाँच वर्ष अघि देखि कहिले कुखुरा कहिले बंगुर फरम खोलेर आफ्नो निश्चयको यात्राको आरम्भ गरे तर यसको बजार र मुल्यका कारण उनको मन बाख्रा पालनतर्फ मोडियो र नेपाल कृषि फारमका नाममा उनले विगत चार वर्ष देखि मेचीनगर १४ दुवागढीमा वोयर बाख्रा पालनको व्यवसाय शुरु गरे ।बाख्रा पालनमा लागे पछि उनलाई केही आश पलायो केही हुने रहेछ भनेर तर आजका मिति सम्म उनले सरकारी अनुदान सुनेका मात्रै रहेछन् देखेका रहेनछन् । बाख्रा पालन व्यवसाय शुरु गरे यता करिब नब्बे ओटा बाख्रापाठा मरेको समेत उनले बताए ।अहिले उनको फारममा वोयर र लोकल जातका गरेर करिब ८०ओटा बाख्रापाठा रहेको उनको भनाई छ ।

बैंकबाट ५५लाख क्रण लिएर उनले फारम संचालन गरेका थिए । अहिले सम्म भौतिक संरचना सहित १ करोड १२ लाख खर्च भएको नेपालको भनाई छ । भाडामा जग्गा लिएर संचालन गरेको उनको यो बाख्रा पालन व्यवसायका लागि सरकारी अनुदानका लागि धेरै पटक धाए पनि कतैबाट सुनवाई नभएको उनको गुनासो छ । राज्यकातर्फबाट वास्तविक किसानको पहिचान गरेर अनुदान दिए आफु जस्ता धेरै किसानलाई राहत र हौसला हुने उनले बताए । दैनिक ५ जना कामदार लाग्ने उनको यो फारममा राज्यकोतर्फबाट सहयोग भएपनि नभएपनि आउने दिन क्रणनै काढेर भएपनि व्यवसायलाई विस्तार गर्ने उनको योजना छ ।

सरकारी अनुदानको वितरण गर्दा वास्तविक किसानको पहिचान नभएको बिजयका भाई विकासको आरोप छ उनी भन्छन्— वास्तविक किसानको यहाँ पहिचान गरिदैन सबै झोले सेटिङ्गमा काम हुन्छ ।

मेचीनगर वडा नं १४ मा रहेको बिजयको फारमबाट अधिकाँश बाख्रापाठा बिभिन्न संघ संस्थाहरुले खरिद गर्ने गरेको उनी बताउँछन् । वोयर जातको बाख्रा महङ्गो हुने भएकाले साधारण किसानका लागि खरिद गर्न महङ्गो पर्ने समेत उनले बताए ।janasamsada

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार