फर्जी कागजका देखाएर अनुदान लिने गिरोह भेटियो …मन्त्री सिटौला

0
SHARES
49
VIEWS

फर्जी कागज देखाउदै कृर्षिको अनुदान विचौलियाको हातमा पुगेको कृषि उद्योग तथा सहकारी मन्त्री भक्ति सिटौलाले बताउनुभएको छ।प्रदेश सरकारबाट वितरण हुँदै आएका कृषि अनुदान बिचौलियको हातमा पुगेको मन्त्री सिटौलाले बताउनु भएको हो

पछिल्ला वर्षहरुमा वितरित अनुदान मध्ये ३० देखी ३५ प्रतिशत मात्रै वास्तविक किसानले पाएको र अरु बाँकी विभिन्न बिचौलीया , फर्जि कागज देखाएरै अनुदान लिएको उहाँले बताउनु भयो । यो रोक्न चुनौति रहे पनि आफुले अव निति बनाएर नियन्त्रण गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

शनिबार झापको दमकका यूटर्न इन्टरनेशनलको तेस्रो वार्षिक उत्सवामा बोल्दै उहाँले पछिल्लो समय सहकारीहरुले आफ्ना सदस्यहरुलाई शोषण गरेको पनि उल्लेख गर्नु भयो ।

उचित नियमन गर्न नसकेको स्विकार गर्दै उहाँले भन्नु भयो ‘सानामा भन्दा धेरै ठुला सहकारीमा समस्या देखिन थालेको गुनासो मन्त्रालयमा आएको छ । ’

विराटनगरमा प्रधान कार्यालय रहेको तुलसी सहकारीको उदाहरण दिदै उहाँले भन्नु भयो ‘तुलसीका जस्तै गुनासा अन्य सहकारीको पनि आउन थालेको छ । अव हामी यसको नियमन गर्न कडा रुपमा प्रस्तुत हँदै छौ । केहिलाई त कार्वाहिको प्रकृया पनि सुरुवात गरिसक्यौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार