हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६औं वार्षिकोत्सव सम्पन्न

0
SHARES
3
VIEWS

मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले यहाँको शिक्षा लिएर काम गर्न विदेश गएर नेपाल निर्माण नहुँने बताएका छन् ।

आइतबार हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनद्वारा सञ्चालित धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमी स्कूलको ३६औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले समाजका हरेक क्षेत्रमा उत्कृष्ट नागरिक बनाउने शिक्षा प्रणाली चाहिएको बताए ।
उनले शैक्षिक गुणस्तरसँगै दक्ष नागरिक उत्पादन गर्न र यही रोजगारीको वातावरण सिर्जना गर्न सबै क्षेत्र लानु पर्नेमा जोड दिए । उनले यहाँको शिक्षा लिएर काम गर्न विदेश गइरहने हो भने नेपाल निर्माण सम्भव नहुँने दावी गरे ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले गुणस्तरीय शिक्षा अबको आवश्यकता भएको बताए । उनले विद्यालय र अभिभावकहरुलाई गुणस्तरीय शिक्षामा जोडदिन आग्रह गरेका थिए ।

वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट वर्ष शिक्षक, कर्मचारी, अभिभावक, विद्यार्थी तथा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । विद्यालयले वर्ष उत्कृष्ट शिक्षकका रुपमा विजया निरौला, कर्मचारीका रुपमा सुशीला खनाल, अभिभावकका रुपमा शान्ति राजवंशी र उत्कृष्ट विद्यार्थीका रुपमा रिया कवरलाई सम्मान गरेको छ ।

यस्तै, सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट तथा प्याब्सन झापाको सांस्कृतिक प्रतियोगितामा जिल्ला प्रथम बनेको मोर्डन डान्सका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनका संस्थापक हिम्मत क्षेत्री, प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, १५ नम्बरका वडाध्यक्ष राजन भट्टराई लगायत अन्य विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरुको आतिथ्यता रहेको थियो ।

वार्षिकोत्सव अवसरमा विद्यालय परिसरमा शिक्षक र विद्यार्थीहरुले चित्रकला र हेल्पडेस्कको स्टल पनि राखेका थिए । विद्यार्थीहरुले मेयर बुढाथोकी, फाउण्डेसनका निर्देशक अनन्तप्रकाश वस्ती लगायतको चित्र समेत तयार पारेर प्रदर्शनीमा राखेका थिए ।

हिम्मत हिमालयन एजुकेशन फाउण्डेसनका निर्देशक अनन्तप्रकाश वस्तीको सभापतित्व, स्वागत शिक्षक मोहन भट्टराईले र सञ्चालन प्रिन्सिपल जगतबहादुर तामाङले गरेका थिए ।मेचिनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार