राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय

0
SHARES
1
VIEWS

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले यस्तो निर्णय गरेको हो।

बिहीबार राष्ट्रपति पदको निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा राप्रपा तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले बताए।

‘राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने सर्वसम्मत निर्णय भएको छ, हाम्रो पार्टीका सांसदले कुनै उम्मेदवारको पक्षमा मतदान गर्दैनन्,’ श्रेष्ठले भने।

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास नेम्वाङले मनोनयन दर्ता गरेका छन्।nawapathabata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार