सभासद कडरिया अन्तर व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन बहराइन जादै

0
SHARES
17
VIEWS

राष्टिय सभाका सभासद इन्दु कडरिया आज बहराइन जाने हुनुभएको छ

फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर(व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख देवराज घिमिरे सहित कडरिया बहराइन जान लाग्नुभएको हो । सभामुखमा निर्वाचित भएपछि उहाँको पहिलो विदेश भ्रमण हो ।सोही टोलीमा सुदुरपश्चिमका नेता तथा राष्टिय सभाका सदस्य कडरिया समेत यो टोलीमा रहनुहुने भएको हो .

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । उनका अनुसार सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम छ ।कडरिया नेकपाएमालेका विश्वास पात्र मानिन्छिन ।

सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा एमाले का राष्ट्रियसभा सदस्य कडरीया, सहित नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा संसद् सचिवालयका महासचिव भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार