कर्मचारीलाई कालोमोसो दल्ने मेचीनगरका २ जना पक्राउ

0
SHARES
31
VIEWS

। बुद्वशान्ति गाउँपालिका–१ मा रहेको अभियान लघुवित्त वित्तिय संस्थाकी एक जना कर्मचारीलाई कालोमोसो दल्ने मेचीनगरका २ जना पक्राउ परेका छन् ।

विहीबार विहान साढे ८ वजे मेचीनगर–१२ स्थित सहरेडाँगीमा किस्ता र व्याज उठाउन आएकी कर्मचारी सृजना जोगीलाई स्थानीय वर्ष ५० का इखनलाल मेचे र ४५ वर्षीय लख्खी मेचेले कालोमोसो दलेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रप्रसाद रिजालले महिला कर्मचारी ऋणिको घरमा व्याज उठाउन आउँदा किन आएको, पैसा छैन जाउँ भन्दा वादविवाद भएपछि कालो मोविल टाउकोमा खन्याएको बताए ।

दुई पक्षबीच लछारपछार भएपछि ति महिला कर्मचारीको मोवाइल र हेलमेट फुटेको उनले बताए । कालोमोसो दल्ने दुवैजनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भईरहेको डीएसपी रिजालले बताए ।

यसैगरी शुक्रबार मेचीनगर–११ स्थित मंगली चोकमा पनि सहारा नेपाल धुलाबारी शाखाका कर्मचारी ऋणि सदस्यको घरमा किस्ता र व्याज उठाउन जाँदा स्थानीयले लखेटेको पाइएको छ ।

मेडिकल उद्यमी दुर्गा प्रसाईले सञ्चालन गरेको देशभरका बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने चर्चा पाइरहेको बेला झापामा पनि कालोमोसो दल्ने अभियान सुरु भएको छ ।लोकतन्त्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार