कोशी प्रदेशको नाम सवैको साझा पहिचान… भानुभक्त ढकाल

0
SHARES
9
VIEWS

कोशी प्रदेशको नाम सवैको साझा पहिचान भएको ,नदीको पहिचानको आधारमा नदी प्रणालीको विकास सभ्यताका आधारमा गरिएको र उत्कृष्ठ नाम भएको एमालेको नेता भानुभक्त ढकालले बताउनुभएको छ ।आज झापाको विर्तामोडमा नेपाल मुस्लिम इत्तेहाद सगंठनको प्रथम कोशी अधिवेसनलाइ उद्घाटन गर्न आउनुभएको ढकालले कोशीको नामाकरण धेरै सुझबुझको विच गरिएको बताउनुभएको हो ।

आजबाट नेपालमा मुस्लिमहरुको सबैभन्दा जेठो जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको कोसी प्रदेशस्तरीय प्रथम अधिवेशन झापाको बिर्तामोडमा शूरु भएको छ ।अधिवेसनमा झापा सहित मोरडं सुनसरी उदयपुर सहितका १४ जिल्लाबाट ३२० जना प्रतिनिधीहरु सहभागिता रहेका छन । कोशी प्रदेशस्तरिय प्रथम अधिवेसनमा नेकपाएमालेका नेताहरु खेम नेपाली ,दिपक कार्की लगाएतका मुस्लिम अगुवा नेताहरु ले सम्वोधन गर्नूभएको छ ।

नयाँ नेतृत्व चयनका लागि आज फागुन २७ र भोलि२८ गते सम्म सन्चालन हुने सगंठनका केन्द्रिय सचिव अफ्रोज खानले बताउनुभयो बिर्तामोडमा नेकपा एमाले निकट संगठनको प्रदेशस्तरीय अधिवेशनमा आज नै बन्द सत्र शूरु हुने र नयाँ कार्यसमिती निर्वाचित हुने आयोजकले बताएको छ अधिवेशनमा ३२० प्रतिनिधि र पर्यवेक्षक सहभागी भएका छन ।

केन्द्रीय सचिव अफ्रोज खानका अनुसार मोरङ, सुनसरी, झापा र उदयपुरमा मुस्लिमहरुको बाक्लो उपस्थित छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार