उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित

0
SHARES
15
VIEWS

चौथो कार्यकालका लागि मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आज शुक्रबार भएको मतदानमा ३११ संघीय सांसद र ५१८ जना प्रदेश सभा सदस्यले मतदान गरेका थिए ।

मतदान सम्पन्न भएसँगै गरिएको मतगणना र त्यसको परिणाम अनुसार उपराष्ट्रपतिमा यादव निर्वाचित भएका हुन् ।

नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झा उम्मेदवार रहेकामा जसपाका यादवले बाजी मारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार