गौरिशंकर शिवालय गायत्रीस्वरुपाश्राम संरक्षण समितीको २४ औ साधरण सभा सम्पन्न भएको छ । बाह्रदशि-६ मा रहेको सस्थांको २४अौ साधारण सभा तथा ११ अौ अधिबेशन बाह्रदशी-६ कन्चनगढधाम स्थित संस्थाकै आफ्नै भवनमा नया कार्यसमिती गठन साथै विभिन्न प्रस्तावहरु माथी छलफल गरि पारित गर्दै आज सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष ज्ञानु सुबेदिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी बाह्रदशी-६ का वडाध्यक्ष रत्न प्रकाश योङ्गहाङ्ग, अतिथीहरुमा वडा सदस्य गङगाराम धिताल बिहिबारे बजार व्यवस्थापन समितीका अध्यक्ष विश्वास गौतम, हिमाली मा बि का प्र अ धर्मानन्द निरौला ,गौरीशंकर गुरुकुलका अध्यक्ष धर्म प्रसाद चापागाई लगायत रहनुभएको थियो। कार्यक्रममा संस्थालाई सहयोग गर्नुहुने ब्यक्तिहरुलाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको थियो ।
पानसमा बाती बालेर प्रमुख अतिथि रत्न प्रकाश योङ्गहाङ्ग ले उदघाटन गर्नु भएको कार्यक्रम गुरुकुलका गुरु तथा बिद्यार्थीहरु ले स्वस्ती बाचन गर्नुभएको थियो। सभाले तुलसी थपलियाको संयोजकत्वमा पशुपति सङ्ग्रौला, गायत्री दाहाल र योशदा नेउपाने सदस्य रहेको ४ सदस्यीय निर्वाचन मन्डल गठन गरि आगामी कार्यकालको लागि ज्ञानु सुवेदी को अध्यक्षता नया समिती गठन गरेको छ जसको उपाध्यक्षमा चन्द्रा कला ढकाल, सचिव पुष्प भट्टराई ,उप-सचिव भवनी पौडेल, कोषाध्यक्ष हेम सगर कुइकेल र सदस्यहरुमा कमला सिवाकोटी, ईश्वरा शंकर, पुन्य प्रसाद पाठक ,कृष्ण प्रसाद खतिवडा, विश्वाश गौतम र फडिन्द्र पौडेल रहनुभएको छ। साथै आजैको भेलाले लेखराज सुबेदी संयोजक, केदार प्रसाईं र टंकमाया धिताल सदस्य रहेको ३ सदस्यीय लेखा समिती गठन गरेको छ।
आर्थिक बर्ष ०७८ श्रावण १ गते देखि ०७९ असार मसान्तसम्मको आय-व्यय संस्थाका सचिव बेदमणि दाहाल ले प्रस्तुत गर्नुभएको कार्यक्रममा मधुराम पनेरु ,धर्मानन्द निरौला र रत्न प्रकाश योङ्गहाङ्गले शुभकामना मन्तव्य र धर्म चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो साथै कार्यक्रमको संचालन बेदमणि दाहाल गर्नुभएको थियो।
Discussion about this post