विराटनगरका विभिन्न स्थानमा निषेधित क्षेत्र तोकिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामांकरणमा असन्तुष्टि जनाउँदै हुन लागेको प्रदर्शनलाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरेको हो ।
विराटनगर महानगरपालिकाको पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म पनि निषेधित क्षेत्र तोकिएको छ ।
अर्को आदेश नभएसम्म निषेधित क्षेत्रमा सर्वसाधारणको हिड्डुल र सवारी साधनको आवतजावत बाहेक अन्य कुनै पनि किसिमका भेला, सभा, जुलुस, धर्ना र र्याली गर्न नपाइने विज्ञप्तिमा उल्लेख छ ।
दैनिक नेपालबाट
Discussion about this post