एन आइ सि एसिया बैकले ल्यायो २४ फाइदाको एक खाता

0
SHARES
5
VIEWS

एनआईसी एशिया बैंकले नयाँ स्किम अन्तर्गत एउटै खातामा २४ वटा फाइदा उपलब्ध गराएको छ। बैंकले सर्वश्रेष्ठ एम्बेसडर खाता खोल्दा हरेक ग्राहकले दुई दर्जन फाइदा लिने खाता सञ्चालनमा ल्याएको छ।
यस्तो प्रकारको खाता सञ्चालनमा ल्याउने एनआईसी एशिया बैंक पहिलो हो। बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानलेले बैंकिङ क्षेत्रको अनुसन्धानपछि सबैभन्दा धेरै सुविधा भएको सर्वश्रेष्ठ खाता ग्राहकका लागि उपलब्ध गराएको जानकारी दिए।

‘सर्वश्रेष् खाता यस्तो खाता हो। जसमा दुई दर्जन सुविधा उपलब्ध छन्। ग्राहकले यति धेरै सुविधा अन्य कुनै बैंकका खातामा पाउन सक्नुहुन्न।’ यस खातामा बैंकले बीमासम्बन्धी तीनवटा फाइदाहरु, कर्जासम्बन्धी तीनवटा र अन्य १८ वटा फाइदाहरु ग्राहकका लागि उपलब्ध गराएको छ।
यस्ता छन् फाइदाहरु
३ बीमा सम्बन्धी फाइदा
बैंकमा सर्वश्रेष्ठ बचत खाता खोल्दा बीमा सम्बन्धी ३ वटा फाइदाहरु पाइन्छ। ती तीन फाइदा भनेका ८४ लाख बराबरको तीन प्रकारका बीमा सर्वश्रेष्ठ एम्बेसडर खाता खोल्ने हरेक ग्राहकले पाउँछन्। एक सर्वश्रेष्ठ खाता खोलेपछि अन्य तीन जनालाई यसमा जोड्न सकिन्छ र ती अन्य तीन जनाले पनि यो बीमा सुविधा पाउँछन्।

बीमा सम्बन्धी तीन फाइदाहरु यस्ता छन्
४० लाखसम्मको घातक रोग बीमा : बीमा सुविधा अन्र्तगत सर्वश्रेष्ठ खाता खोल्ने ग्राहकले घातक रोग लागेमा वा मृत्यु भएमा ४० लाख रुपैयाँ बराबरसम्मको बीमा रकम पाउँछन्। सरकारले १८ प्रकारका रोगलाई घातक रोगका रुपमा घोषणा गरेको छ। यस्ता रोग लागेमा उपचार गर्न र मृत्यु भएको खण्डमा पनि बैंकले ४० लाख रुपैयाँसम्मको बीमा उपलब्ध गराएको छ।
बैंकले अहिलेसम्म २७ जनालाई घातक रोग बीमा वापतको २ करोड ९० लाख रुपैयाँ भुक्तानी गरिसकेको छ।
४० लाखसम्मको दुर्घटना बीमा : दैनिक जीवनमा अकस्मात रुपमा के के आइपर्छ कसैलाई थाहा छैन। जहाँ जहिले जो सुकै व्यक्ति पनि दुर्घटना पर्न सकिन्छ । दुर्घटनामा परिहालेमा जीवन कष्टकर हुन्छ। उपचारको लागि धेरै खर्च हुनसक्छ।
NIMB
जीवनको यही दुःखद क्षणमा साथ दिन भनेर बैंकले ४० लाख रुपैयाँसम्मको दुर्घटना बीमा उपलब्ध गराएको छ। अहिलेसम्म यस बैंकबाट दुर्घटनामा मृत्यु भएर बीमा रकम पाउने ग्राहकको संख्या १२ पुगेका छ। मृतकको परिवारले अहिलेसम्म एक करोड २० लाख रुपैयाँ पाइसकेका छन्।

४० लाखसम्मको औषधि उपचार खर्च : बैंकले उपलब्ध गराएको तेस्रो बीमा सम्बन्धी सुविधा हो ४० लाख रुपैयाँसम्मको औषधि उपचार खर्च । यदि बैंकका ग्राहक बिरामी परेर अस्पताल भर्ना भएमा वा भर्ना नभई उपचार गर्नु परेमा बीमा सुविधा उपलब्ध गराएको छ।

बैंकका ग्राहक बिरामी भएर अस्पताल भर्ना नभइकन उपचार गराएमा ८० हजार रुपैयाँसम्म उपचार खर्च पाउने छन्। त्यस्तै, अस्पतालमै भर्ना भएर बस्नु परेमा ३ लाख २० हजार रुपैयाँसम्मको बीमा सुविधा पाउँछन्।
अहिलेसम्म यस बैंकबाट औषधि उपचार खर्चवापत २०३९ जनाले ३ करोड ६७ लाख ६० हजार रुपैयाँभन्दा बढीको औषधि बीमा सुविधा पाइसकेका छन्। अहिलेसम्म समग्रमा २०७८ जनाले ७ करोड ७७ लाख ६० हजार रुपैयाँभन्दा धेरै बीमा रकम पाइसकेका छन्।
३ कर्जा सम्बन्धी फाइदा
ब्याजदरमा विशेष सहुलियत : एन आई सी एशिया बैंकको सर्वश्रेष्ठ खाता खोल्दा विशेष कर्जा पनि पाउन सकिन्छ। सर्वश्रेष्ठ बचत खातामा कर्जा सम्बन्धी तीन फाइदाहरु छन्। त्यस मध्येको एक हो सहुलियत ब्याजदरमा कर्जा सुविधा। यस खातामा तीन महिनाको औषत ब्यालेन्सको दश गुणा बराबरको ऋण लिन पाइन्छ। यस्तो ऋणको बेस रेटमा लाग्ने प्रिमियम शुल्क १ प्रतिशत मात्र हुन्छ।

प्रशासनिक शुल्कमा विशेष सहुलियत : सर्वश्रेष्ठ बचत योजनाबाट कर्जा लिँदा प्रशासनिक शुल्कमा विशेष सहुलियतको सुविधा पाइन्छ। बैंकका अनुसार यस खातामा प्रशासनिक शुल्क (कस्टिङ फि) ०.२५ प्रतिशतमात्र हुन्छ।
पूर्व स्वीकृत कर्जा सुविधा : सर्वश्रेष्ठ खाता खोल्दा ग्राहकले पूर्व स्वीकृति कर्जाको सुविधा पाउनेछन्। पूर्व स्वीकृति कर्जा भन्नाले खातामा तीन महिनाको औषत ब्यालेन्सको दश गुणा बराबरको कर्जा पाउनु हो।

Laxmi Bank

IME
मानौं कुनै ग्राहकको एम्बेसडर गुडविल खातामा तीन महिनाको लागि १० लाखको औषत ब्यालेन्स छ भने पूर्व स्वीकृति कर्जाअनुसार १ करोडसम्मको ऋण लिन पाउने सुविधा हुन्छ।
१८ अन्य फाइदाहरु
सर्वश्रेष्ठ खातामा बीमा र सहुलियत कर्जाबाहेक अन्य १८ वटा फाइदाहरु रहेका छन्। ती सुविधाहरु भनेको विभिन्न सेवाहरु निःशुल्क प्रयोग गर्न पाउनेदेखि पाँच वर्षसम्म निःशुल्क पाउने छन्।
सर्वश्रेष्ठ बचत खातामा पाइने अर्को सुविधा हो विभिन्न कार्ड र डिजिटल कारोबारमा पाँच वर्षसम्मको निःशुल्क सुविधा। बैंकका ग्राहकहरुले एटीएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्डमा पाँच वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउँछन्। त्यस्तै, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ्ग र आरटीजीएस भुक्तानीको सुविधा निःशुल्क रहेको छ।

त्यस्तै, एन आई सी क्यापिटलबाट पोर्टफोलियो म्यानेजमेन्टको लागि ५ वर्षसम्म ५० प्रतिशत छुट उपलब्ध गराएको छ। डिम्याट र मेरो शेयर प्रयोगमा भने शुल्क लाग्दैन।

त्यस्तै मुलुकभर रहेका सबै बैंकहरुका एटीएमबाट पैसा झिक्दा पनि कुनै पनि शुल्क तिर्नु पर्दैन। मुलुकभर सबै बैंकहरुका ४ हजारभन्दा धेरै एटीएम मेसिन छन् भने एन आई सी एशिया बैंकका मात्रै ४७३ एटीएम मेसिन छन्।
स्विप–इन/स्विप–आउट सुविधा
स्विप–इन/स्विप–आउट भनेको फिक्सड (एफडी) र बचत खातालाई मर्ज गरेर ल्याएको सुविधा हो। यो भनेको बचत खातामा फिक्सड खाताको सुविधा पाउनु हो।
सर्वश्रेष्ठ एम्बासडर खाता खोलेपछि २ लाख रुपैयाँभन्दा धेरै रकम खातामा जम्मा भएपछि १० हजारका दरले फिक्स डिपोजिटमा जान्छ । जसमा फिक्स डिपोजिट बराबरको ब्याज पाइन्छ। जुन रकम कुनै पनि समयमा निकाल्न सकिन्छ । बैंकले एसएमएस र इमेलमार्फत यसको जानकारी गराउँछ। नेपाललाइभबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार