नागरिकको मुख थुन्नुपर्ने कस्तो तन्त्रको विकास , प्रधानमन्त्री ज्यु ? राजेन्द्र लिङदेन

0
SHARES
7
VIEWS

नागरिकको मुख थुनेर समस्या समाधान नहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभएको छ .
सरकारका प्रधानमन्त्री हुन कि नागरिकका ,नागरिका प्रधानमन्त्री हो भने जनताको मुख थुन्ने भन्दा माग पूरा गराउन पहल शुरु गर्नूपर्ने अध्यक्ष लिङदेनले सुझाव दिनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित वानेश्वरको एक कार्यक्रममा आक्रोशित युवाले नाराबाजी गरे पछि प्रहरीले मुख थुनेको घटनालाई लिएर अध्यक्ष लिङ्देनले सो सुझाव दिनुभएको हो ।

‘हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो प्रधानमन्त्रीज्यू,, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ,’ लिङदेनले ट्विट गर्दैै भन्नुभएको छ।, ‘अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन, जो तपाईं स्वयमलाई थाहा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार