काठ हिनामिना गरेको आरोपमा अध्यक्ष,र ओली सहित आठजना पक्राउ

0
SHARES
18
VIEWS

राप्तीसोनारी गाउँपालिका– ५ विनौनास्थित समय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित आठजना पक्राउ परेका छन्।

सामुदायिक वनको घाटगद्दीमा रहेको करिब ५२ लाख रुपैयाँबराबरको काठ हिनामिना गरेको उजुरीको आधारमा अध्यक्ष भोला थारूसहित आठजना पक्राउ परेका डिभिजन वन कार्यालय नेपालगन्जका सहायक वन अधिकृत गणेश खड्काले जानकारी दिए।

अध्यक्षसहित पक्राउ परेका सचिव आरती वैश्य, कोषाध्यक्ष मैयासरी थारू तथा सदस्यहरू कमला केसी, मानबहादुर विक, रामकली थारू, खडगबहादुर ओली र शिवकुमारी थारूलाई वन कार्यालयको हिरासतमा राखिएको उनले बताए। पक्राउ परेकाहरूलाई घाटगद्दीमा राखेको काठ, दाउरा हिनामिना गरेको अभियोगमा मुद्दा चलाइने भएको छ।

‘सामुदायिक वनले काठ, दाउरा बेचेको हिसाब देखिँदैन,’ अधिकृत खड्काले भने। उनीहरूले साल, अस्ना, कर्मा, जामुन, शिरीषलगायत जातका काठ बिक्री गरेको डिभिजन वन कार्यालयले जनाएको छ।नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार