पाउ पाथिभरा धाममा भक्तजनको घुंइचो बड्दै

0
SHARES
4
VIEWS

। मेचीनगर–१३, चारआली स्थित पाउ पाथीभरा धाममा सुरु भएकोे भागवत पुराणमा भक्तजनहरुकोे घुइँचो बढेको छ ।

यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुनेछ । पुराणमा पण्डितं शान्तिराम नेपालको प्रमुख वाचन र पण्डित पुण्यप्रसाद रिजालको उपवाचकत्वमा पुराण भव्यरुपमा भइरहेको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको पुराणमा पाथिभरा माताको मन्दिरमा हरेक दिन भक्तजनहरुको घुइँचोे बढेको पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताए ।

पुराणमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिँदै आएको छ । करिव ४० हजार भन्दा बढी भक्तजनहरु आउने अपेक्षा गरिएको छ । शनिवार मात्रै १५ हजार भन्दा बढी भक्तजनहरुले पुराणमा सहभागी भएको अध्यक्ष गिरीले दावी गरे ।

पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रवद्र्धन समिति गठन गरिएकै बेला धाममा १८ वटा पुराण लगाउने निर्णयानुसार छैठौँ पटक भागवत् पुराण आयोजना गरिएको उनको भनाई छ । लोकतन्त्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार