भुटानी शरणर्थी बनाएरअमेरिका पठाइदिने गिरोह प्रकाउ

0
SHARES
23
VIEWS

पैसा असुले पनि शरणार्थी बनाएर विदेश पठाउन नसकेपछि पीडितहरू प्रहरीमा पुगेका थिए
गृह मन्त्रालयकै सहयोगमा भुटानी शरणार्थीको परिचयपत्र बनाएर विदेश लैजाने भन्दै पैसा असुलेको घटनामा बल्ल प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
उजुरी परेको करिब एक वर्षपछि यसमा संलग्नहरू पक्राउ पर्न थालेका हुन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङलाई पक्राउ गरेको छ । यो संगठित ठगीको घटनामा गृह मन्त्रालयकै केही अधिकारीको समेत संलग्नता रहेको प्रहरी अधिकारी बताउँछन् ।

चार वर्षअघि गृह मन्त्रालयले दर्ता छुट भएका भुटानी शरणार्थीको विषयमा एक अध्ययन समिति गठन गरेको थियो ।
समितिले चार सय २९ जना छुट भएको प्रतिवेदन दियो । जसमा गैरशरणार्थीलाई पनि राखिएको र सोही आधारमा ठूलो आर्थिक चलखेल भएको स्रोत बताउँछ । पैसा असुले पनि शरणार्थी बनाएर विदेश पठाउन नसकेपछि पीडितहरू प्रहरीमा पुगेका थिए ।
प्रतिव्यक्ति १० लाखका दरले त्यतिवेला पैसा उठाइएको थियो । जसमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा। इन्द्रजित राईसमेत मुछिएका थिए । उनले समेत कतिपय व्यक्तिलाई भेटेर आफूले सहयोग गर्ने बताएका थिए ।

उनका छोरा नीरज राईले पैसा नै लिएको भनेर उजुरी परेको छ । त्यतिवेला उच्चपदस्थ व्यक्तिलाई समेत बुझाउन पैसा उठाइएको थियो । आश्वासनअनुसार नै गृह मन्त्रालयले त्यतिवेला समिति बनाएपछि ढुक्क भएर सर्वसाधारणले पैसा बुझाएका थिए ।
गृह मन्त्रालयकै पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा भुटानी शरणार्थीको स्थायी तथा दीर्घकालीन समस्या समाधानको विषयमा अध्ययन समिति गठन भएको थियो । समिति गठन नै त्यतिवेला चलखेलका आधारमा भएको गृह मन्त्रालय स्रोत बताउँछ ।

दबाबकै कारण तत्कालीन गृहसचिव प्रेमकुमार राईले समिति बनाएका थिए । जसमा सदस्यसमेत गिरोहकै प्रभावमा छानिएको थियो । सदस्यमा गृहकै एक अधिकृत र एक कानुन व्यवसायी सदस्य थिए । विवादपछि सो प्रतिवेदन कार्यान्वयन रोकिएको छ ।

डेढ वर्षअघि प्रतिवेदन कार्यान्वयन अघि बढाउने प्रयास भए पनि सो असुलीबारे खुलेपछि रोकिएको मन्त्रालयका एक अधिकारी बताउँछन् । प्रहरीले गत वर्ष नै अनुसन्धान थाले पनि दबाबका कारण अभियुक्तलाई पक्राउ गर्न सकेको थिएन । सो गिरोहका सदस्यमध्ये एक सन्देश शर्मालाई पक्राउ गरेर पनि दबाबको भरमा छाडिएको अपराध अनुसन्धान कार्यालयका एक अधिकृत बताउँछन् । पैसा उठाउने र राजनीतिक नेतृत्वलाई बुझाउने उनै थिए ।नयाँपत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार