कृर्षि र नर्सरी पेशाबाट लाखौ आम्दानी गर्दै उप्रेती परिवार

0
SHARES
6
VIEWS

अर्जुन कार्की ।।

मेचीनगर, १५ चैत । मेचीनगर नगरपालिका–९, मागुरमाडी स्थित एक परिवारको जीवनस्तर नर्सरी व्यवसायबाट राम्रैसँग उकासिएको छ ।

डीएण्डी वायो प्लान टेक नर्सरी सञ्चालन गर्दै आएका डिल्लीराज उप्रेती परिवारको गुजारा विगत लामो समयदेखि नर्सरीकै आम्दानीबाट उकासिएको हो ।

ताप्लेजुङबाट १२ वर्षअघि झापाको मेचीनगरमा आएका उनीहरुले व्यावसायिक रूपमा विभिन्न किसिमका फुल तथा फलफूलका बेर्ना बिक्री गर्न नर्सरी व्यवसाय सुरु गरेका हुन ।

नर्सरी व्यवसाय नमुनाकै रूपमा विकसित भएको उप्रेतीको नर्सरीमा अहिले विभिन्न प्रकारका सयभन्दा बढी फुल र फलफुलका विरुवाहरु देख्न सकिन्छ । एक विगाहा जमिनमा नर्सरी व्यवसाय गरीरहेको उप्रेतीले वताए ।

खर्च कटाएर राम्रै आम्दानी गरेको नर्सरीले ७ जना कर्मचारीलाई रोजगारी दिएको छ भने डिल्लीराजका बुबा लक्ष्मीप्रसाद उप्रेती पनि दिनहुँ खटिरहेका छन् । उनको नर्सरीमा हुर्किएका फलफूल तथा फुलका विरुवाहरु झापा जिल्लामा मात्रै नभई धनकुटा, सर्लाही, धनगढी, काठमाडौँ लगायतका स्थानमा पठाउने गरिएको छ ।

खाद्यान्न बालीको तुलनामा नर्सरी व्यवसायबाट मासिक राम्रै आम्दानी हुन थालेपछि ११ वर्षदेखि नर्सरी खेतीतर्फ आकर्षित भएको उनकी श्रीमती दिक्षा उप्रेती पौडेलले बताइन् ।

उप्रेतीले नर्सरीमा धुपी सल्लाका प्रजाति, सिजनल फुल, सयपत्री, गोदाबारी, कुरिलो, कट फलावर, वगान भेलिया, ईन्डोर फुल, फलफुलका सवै प्रकार जस्तै : स्याँउ, सुन्तला, भोगटे, जुनार, मेवा, खरबुजा, कागती, नरीवल, लिची, आँपका वोट विरुवाहरु पाईन्छ ।

नर्सरीका फलफूल तथा फुलका विरुवा सिजनल र असोजदेखि फागुन महिनासम्म राम्रो बिक्री वितरण हुने गरेको उनको भनाई छ ।

‘आजसम्म अनुदान काहिँबाट लिएका छैनौँ,’ उप्रतीले भनिन्–‘मेचीनगर नगरपालिकाका पूर्व मेयर विमल आचार्यको पालामा एउटा टनेल दिएको थियो । त्यति हो । अनुदानमा त्यति विश्वास गर्दैनौँ । मेहेनत र परिश्रममा भरपर्छौँ । त्यसैमा रमाएका छौँ ।’

‘८२ प्रतिशत विरुवाहरु आफै उत्पादन गर्छौँ । होलेण्ड, अमेरिका, थाइलेण्ड, जापानमा उत्पादन भएका विरुवाका सिटहरु काठमाडौँबाट ल्याउने गरिएको छ’, उनले भनिन् ।

नर्सरीमा विभिन्न प्रजातिका वोट विरुवाहरुको फरक–फरक मूल्य हुने भन्दै फलफुल मात्र नभइ सजावटी विरुवाहरुको पनि उत्पादन हुने गरेको छ । फलफुल तथा फुलका विरुवाहरु १० रुपैयाँदेखि १० हजारसम्म मुल्य पर्ने रहेको बताइएको छ ।

उनीहरुले लिप कम्पोष्ट (पत्ते) र गडेउँला मल समेत उत्पादन गरेर बिक्री गर्ने गरेका छन् । पत्ते मल प्रतिकेजी ३० र गडेउँला मल २० रुपैयाँले बिक्री हुने गरेको उप्रेतीको भनाई छ ।

नर्सरी व्यवसायबाट राम्रो आम्दानी लिँदै आएका नर्सरी सञ्चालक परिवारको जीवनस्तर उच्च बन्दै गएको छ ।
सञ्चालकले नर्सरीको फार्मलाई बिर्तामोड नगरपालिकामा समेत विस्तार गरेका छन् ।

बिर्तामोड–६ स्थित बुट्टाबारीमा पनि सोही प्रकृतिकोे फार्म सञ्चालनमा ल्याएका छन् । त्यहाँ पनि विशेष गरेर फलफुलमा मेवा, खरबुजा तथा विभिन्न प्रजातिका फुलका विरुवाहरु उत्पादन गरिरहेको सञ्चालक डिल्लीराज उप्रेतीले बताए ।

कृषि विज्ञका रुपमा परिचित उप्रेतीले विभिन्न किसानको समूहमा पुगेर कृषिका विषयमा प्रशिक्षण समेत दिने गरेका छन् mechinagarbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार