कृषि उत्पादन, प्रशोधन र वितरण गर्न सहकारीबाट सहज हुने नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले बताउनु भएको छ ।
झापाको झिलझिलेमा दक्षिण एसियाली किसानहरुको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक्लै कृषिको क्षेत्रमा केहि गर्छु भन्न चुनौती भएपनि समुह र सहकारी मार्फत आयोजना अघी बढाउँदा त्यसले फाईदा दिने उल्लेख गर्नु भयो ।
झापाको नेपाल बहुउद्धेस्य सहकारी सस्थाको उदाहरण दिदै ओलीले भन्नु भयो ‘यी झापामै रहेको एन एम सि सहकारीले कृषि उत्पादन, प्रशोधन र वितरणको क्षेत्रमा गरिरहेको काम स्वागत योग्य छ । विषेश गरि दुधजन्य उत्पादनमा यो सहकारीले काम गरिरहेको भन्दै यस्तै हरेक सहकारीले एक/ एक उत्पादनलाई केन्द्रमा राखेर काम गर्ने हो भने हर किसान व्यवसायीक बन्न सक्ने र उचीत मुल्य समेत पाउने उहाँको धारणा थियो ।
बिरामी माटोलाई उपचार गर्न चुनौती
पछिल्लो समय कृषि उत्पादन बढाउने बाहनामा विभिन्न रसाइनिक मल तथा विषादिको प्रयोगले नेपाली माटो बिरामी परेको भन्दै उहाँले चिन्ता पनि व्यक्त गर्नु भयो ।
‘यसले हेर्दा उत्पादन धेरै दिएपनि मानव स्वास्थ्यमा असर पारिरहेको छ । यसलाई न्यूनिकरण गर्दै विषादि रहित तथा अर्गानिक उत्पादनमा जोड दिन आवश्यक छ । ’ ओलीको भनाई ।
सरकारले यसमा लगानी बढाउनु पर्नेमा पनि उहाँले जोड दिनु भयो । ‘अहिले नेपाली माटो निकै बिरामी परेको छ यसलाई उपचार नगरि राम्रो उत्पादन दिदैन यसको उपचार कसरी गर्ने भन्नेबारेमा सबैको ध्यान जानुपर्छ ।’ उहाँले बताउनु भयो ।ujalokhabarbata
Discussion about this post