शिक्षा क्षेत्रमा योगदान पुराउने झापाका ४ जना शिक्षकहरुलाइ विर्तामोडमा अभिनन्दन गरिएको छ ।
बुधवार ४४ औ शिक्षक दिवसको अवसर पारेर नेपाल राष्टिय शिक्षक सघंठन झापाले ४ जना शिक्षकहरुलाइ अभिनन्दन गरेको हो । झापाको दमकका नेत्र अधिकारी ,विर्तामोडका धमेन्द्र भटटराइ मामा ,हल्दिवारीका कमला सिवाकोटी तथा मेचीनगरका कृष्ण अधिकारीलाइ सघंठनले अभिनन्दन गरेको हो ।
आज नेकपाएमालेको जिल्ला पार्टी कार्यलय स्थित सघंठनको कार्यलयमा आयोजित ४४औ शिक्षक दिवसको अवसर पारेर उहाँहरुलाइ अभिनन्दन गरिएको झापाका सचिव लम्वोदर पौडेलले जानकारी दिनुभएको छ ।
सोही अवसर पारेर सघंठनले मेचीनगर शाखाका अध्यक्ष रुद्र सग्रौला तथा कन्काइ नगरका अध्यक्ष गोपीकृष्ण भटटराइलाइ समेत सम्मान गरिएको छ ।
नेपाल राष्टिय शिक्षक सघंठनका केन्द्रिय उपाध्यक्ष सुर्य दाहालको प्रमुख आथित्यतामा भएको शिक्षक दिवस कार्यक्रममा पुर्व केन्द्रिय सचिव हरिचरण बानिँया,झापाका पुर्व अध्यक्ष डम्वर देउजा,जिल्ला शिक्षा समन्वय प्रमुख राजकुमार विक लगाएतले शुभकामना दिनुभएको छ ।कार्यक्रम सघंठनका झापाका अध्यक्ष दोर्ण श्रेष्ठको सभापतित्वमा भएको अभिनन्दन तथा सम्मान समारोह,सचिव लम्वोदर पौडेलको सन्चालनमा सम्पन्न भएको छ https://youtu.be/mtMvjh5fHaw
Discussion about this post