बिर्तामोडका ब्यापारीलाई चुनाव लाग्यो, वैशाख ४ गते नगर अधिवेशन

0
SHARES
7
VIEWS

बिर्तामोड । नेपाल उद्योग तथा ब्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ ।
महासंघले आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी दिइएको हो ।

बिर्तामोडको अतिथि सदनमा भोलि वैशाख ४ गते बिहान ११ बजे प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद ९एलपी० साँवाले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।

उद्योग तथा व्यवसायको क्षेत्रमा लागेका तथा प्रगतिशील सोच भएका युवा लगानीकर्ताको सामुहिक नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि आवाज उठाउने सशक्त संगठनका रुपमा महासंघलाई चिन्नुपर्ने केन्द्रीय सदस्य अर्जुन मैनाली बताउँछन् ।
देशमा लगानीमैत्री वातावरण बनाउँदै राज्यलाई कर तिर्न उत्प्रेरित गर्दै आएको महासंघको सक्रियतामा नै बहाल पिठ्यौरी कर खारेज गर्न सफल भएको केन्द्रीय सदस्य मैनालीले पत्रकारहरुलाई जानकारी दिए ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु महासंघको समेत दायित्व रहेको बताउँदै नगर कमिटी अध्यक्ष विवेक निरौलाले अधिवेशनमा वर्तमान तरलता अभाव र आर्थिक मन्दीका विषयमा गहन छलफल गरी तीनै तहका सरकार समक्ष दवाव दिने रणनीति बनाउने बताए ।

दुई वर्षे कार्यकाल रहेको नगर कमिटीको अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नगर कमिटीमा अध्यक्ष १ जना, उपाध्यक्ष २ जना, सचिव १ जना, उपसचिव २ जना र कोषाध्यक्ष १ जना गरी सात सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीमा दुईजना महिला अनिवार्य रहनेछन् ।
स्रोतका अनुसार हालका नगर कमिटी अध्यक्ष विवेक निरौला माथिल्लो कमिटीमा जान इच्छुक रहेकाले अधिवेशनले हालका पदाधिकारीहरु युवराज निरौला, गोमा भट्टराईमध्येबाट नयाँ कमिटीको अध्यक्ष चयन गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार