दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान

0
SHARES
5
VIEWS

नारी सञ्चार गृह झापाले संस्थापक अध्यक्ष सावित्रा दाहाललाई एकलाख १ हजार १११ रुपैयाँ राशिको पुरस्कार प्रदान गरेको छ ।

झापाको बिर्तामोडमा आज सोमवारआयोजित एक समारोहका बीच पत्रकार दाहाललाई उक्त राशिको ‘नारी सञ्चार साधना सम्मान’ पुरस्कार प्रदान गरिएको हो ।दमककी पाणीनी माविबाट अध्ययन शूरु गरेको दाहाल हाल विर्तामोडमा बसेर प्राध्यापन गर्नुहुन्छ ।

नारी सञ्चार गृहले २५ हजार रुपैयाँ राशिको नारी सञ्चार युवा पत्रकारिता सुष्मा राजवंशीलाई प्रदान गरेको छ । १४ वर्षदेखि सक्रिय राजवंशी रेडियो साथी काँकडभिट्टामा समाचार प्रमुखका रुपमा कार्यरत छिन् ।

प्रदेश सरकारका सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलावल्लभ घिमिरे, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले पुरस्कृत प्रतिभालाई प्रमाण पत्र र नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

संस्थाको ११ औँ स्थापना दिवसको अवसरमा गत भदौ १८ गते बिर्तामोडमा आयोजित कार्यक्रमका बीच नारी सञ्चार गृहले यी दुई पुरस्कार घोषणा गरेको थियो । कार्यक्रममा नारी सञ्चार गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारीले पुरस्कृत प्रतिभाको नाम घोषणा गर्दै नारी सन्चार गृहले झापाको मात्रै नभएर कोशी प्रदेश कै नारीहरुको क्षमता विकास तथा सन्चार क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको नेपालकै इतिहासमा ठुलो राशिको पुरस्कार र अक्षय कोष स्थापना गर्न सकेको बताउनुभएको छ ,भण्डारी भन्नुहुन्छ ।

कार्यक्रममा दाहालको व्यक्तित्वमाथि पत्रकार जोस्ना श्रेष्ठले प्रकाश पार्नूभएको थियो । दाहाल २०५४ सालदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको हो । पत्रकार राजवंशीको व्यक्तित्वमाथि पत्रकार स्वस्तिका आचार्यले प्रकाश पार्नूभएको कार्यक्रम

नारी सञ्चार गृहकी अध्यक्ष भीमा सिवाकोटीको अध्यक्षतामा भएको हो । कार्यक्रममा स्वागत उपाध्यक्ष रेजिना गौतम र सञ्चालन सचिव भुमिका लिम्बुले गरेकी थिइन । यसै बिच नयाँ कार्यसमिति लाई पदभार हस्तान्तरण गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार