मेचि क्याम्पसको मैदान , सरसफाइ गरिदै,

0
SHARES
3
VIEWS

भद्रपुर, ११ बैशाख । झापाको भद्रपुरस्थित मेची बुहुमुखी क्याम्पसको क्रिकेट खेल मैदान मर्मत–सम्भार गर्न आज श्रमदान गरिएको छ ।

भद्रपुर क्रिकेट क्लबको अगुवाइमा खेल मैदान मर्मत सम्भारका लागि शुरु गरिएको श्रमदान कार्यक्रममा स्वतस्फूर्त रुपमा करिब १५० जनाभन्दा बढीले श्रमदान गरेका हुन् । काँसघारीमा परिणत भएको खेल मैदानलाई हाल काँसको झार काटेर, आगो लगाएर, जोतिएको छ भने श्रमदानमार्फत् झार जिल्याउने कार्य भइरहेको भद्रपुर क्रिकेट क्लबका सचिव शिबु बुढाथोकीले बताउनुभयो ।

श्रमदान कार्यक्रममा सशस्त्र प्रहरी भद्रपुर सशस्त्र प्रहरी, भद्रपुर क्रिकेट क्लब सल्लाहकार, संरक्षक, कार्यसमिति, क्लबमा आबद्ध खेलाडी, मेची क्याम्पसका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर–८ का वडाध्यक्ष गौरब सुब्बा (मनोज), क्लब अध्यक्ष आदित्य पराजुली, महासचिव टलदास मैनाली, सल्लाहकार नितेश बर्मा, मेची क्याम्पस स्ववियु सभापति पवन धमला लगायतको उपस्थिति एवम् सहभागिता थियो ।

आज बिहान ९ः३० देखि ११ः३० सम्म भएको श्रमदान कार्यक्रम भोलि (मंगलबार) ७ बजे शुरु हुने भएकाले सम्पूर्ण खेलप्रमी महानुभावहरुलाई श्रमदानमा सहभागी हुन क्लब अध्यक्ष आदित्य पराजुलीले आह्वान समेत गर्नुभएको छ ।झापाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार