प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
वैशाख अन्तिम साता बोलाइएको बैठक पार्टी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा बस्ने बताइएको छ ।
बैठक यही वैशाख २८ देखि ३० गतेसम्म चल्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।
बैठकले मिसन ग्रासरुट अभियानका बारेमा समीक्षा गर्नाका साथै समसामयिक राजनीतिक विषयहरूमा निर्णय लिने बताइएको छ
Discussion about this post